आइतबार, साउन २२ २०७९
काठमाडौं २१:१५
वासिङटन डिसी 11:30

माओवादी स्थायी कमिटीको बैठक आज पनि बस्दै

इनेप्लिज २०७८ भदौ ६ गते ११:२१ मा प्रकाशित

काठमाडौं।नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्दैछ।कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि हिजो बसेको माओवादी स्थायी कमिटीको बैठकमा नेताहरूको कार्यविभाजन,आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारी लगायतका विषयमा छलफल भएको थियो।

आज बस्ने बैठकले नेताहरूको कार्यविभाजन टुंगो लगाउने बताईएको छ।माओवादीले यही पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ। नेकपा विघटन भएपछि एमाले सँग अलग भएको माओवादी संगठन पुर्नगठन र विस्तारमा सक्रिए भएको हो।

प्रतिक्रिया