कोभिडको खोपमा व्यापार ।

इनेप्लिज २०७८ भदौ ५ गते ३:०७ मा प्रकाशित

कोभिड खोप र कोभिड खोप दर्ता कार्डमा एकाधिकार कायम।कोभिड खोपको नाममा व्यापार।QR कोडको नाममा जनताहरुलाई दु:ख र सास्ती दिने नियत देखिएको छ।हरेक कुराहरूको समाधान र विकल्पहरु हुने गर्दछ त्यस्तै संबंधित र सरोकारवाला निकायहरूले QR कोडको पनि समाधान र विकल्पहरु खोज्नुपर्ने हुन्छ।

कोभिड खोप र कोभिड खोप दर्ता कार्डमा एकाधिकार कायम।अमेरिका, चाइना, भारत र भुटान लगायतका मुलुकहरुले नेपाली नागरिकहरुको लागि कोभिड खोप दिएको हो।कोभिड खोप लगाउनका निमित्त सोधपुछ गर्न विभिन्न ठाउँहरुमा चहार्नुपर्ने बाध्यता छ।चाकरी गर्नुपर्ने बाध्यता।

पहिलो डोज दोस्रो डोज कोभिड खोप कहिले आउँछ कुन मितिमा लगाउने हो सोध्नुपर्ने बाध्यता खोप लगाउने निकायहरूले बिना सूचना बिना मिति सार्वजनिक नै नगरी एक्कासि रूपमा भिडभाड गरि खोप लगाउने गरिएको छ।भिडभाडमा गई कोभिड खोप लगाउनुपर्ने बाध्यता छ।कोभिड खोप लगाउनलाई कुनै पनि व्यवस्थित तरिकाहरु अपनाइएको छैन अव्यवस्थित छ।मनलाग्दो तरिकाले भिडभाड गराई कोभिड खोप लगाउने गरिएको छ । कोभिड खोप लगाउन पनि सर्वप्रथम आफन्तवाद र नातागोता हेर्ने गरिएको छ।पहिलो डोज कोभिड खोप लगाएकोले दोस्रो डोज कोभिड खोप कहिले लगाउने खोप लगाउने ठाउँमा सोधपुछ गर्दा झर्केर बोल्ने उचित सहि र चित्तबुझ्दो जवाफ नदिने यसप्रकार खोपमा एकाधिकार कायम रहेको पाईएको छ।त्यस्तै कोभिड खोपको दर्ता कार्ड दिनमा पनि एकाधिकार कायम छ।विशेषगरी अँग्रेजी माध्यम बाट बनाइएको कोभिड खोप दर्ता कार्ड दिनमा पनि एकाधिकार कायम छ।कार्ड छैन भन्ने कार्ड सिद्दियो भन्ने जवाफ पाइन्छ कसैमा पनि बोल्ने अनुशासन पटक्कै छैन।कतिपय ठाउँहरुमा कोभिड खोप लगाउने स्वास्थ्य केन्द्रका प्रमुख, डाक्टर र नर्सहरुले आफुलाई सर्वश्रेष्ठ ठान्ने गर्छन म भन्दा ठुलो खोइ छैन भन्ने मनशाय र भावना छ।कोभिड खोप र कोभिड खोप दर्ता कार्ड आफुले नै उत्पादन गरे झैं घमण्ड र एकाधिकार कायम छ।

हाम्रो मुलुकमा विकृति, ब्यथिती,अन्याय र अत्याचार समाप्त पार्ने शक्ति नै छैन।यसकारण विकृति,ब्यथिती,अन्याय,अत्याचार र दण्डहीनता दिनप्रतिदिन बढ्दो छ ।हाम्रो मुलुकमा बढ्दो विकृति,ब्यथिती,अन्याय, अत्याचार र दण्डहीनतालाई तत्काल समाप्त पार्ने शक्ति चाहिएको छ।वास्तविक कुरा गर्नेहरू आँखाको कसिंगर भइन्छ।म मुलुकमा तत्काल दण्डहीनतालाई समाप्त पार्ने शक्तिको खोजीमा छु।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

 

प्रतिक्रिया