विराटनगर,४ भदौ।उद्योग संगठन मोरङले सङ्कटको समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणा मूलक कार्यक्रम आज यहाँ सम्पत्र गरेको छ ।
वर्तमान महामारीका कारण उद्योग÷व्यवसाय लगायतका क्षेत्रहरुले भोग्नु परेको व्यवसायिक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग÷प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको छ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक सङ्कटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफनो व्यवस्थापकीय क्षतालाई अभिवृद्धि गर्दै दीर्घकालीन रणनीति तर्जुमा गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका संयोजक एवं संगठनका कार्य समिति सदस्य सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीहरुले वर्तमान समयमा सामना गर्नु परिरहेको आन्तरिक र वाह्य चूनौतिलाई मध्यनजर गरी आयोजना गरेको यस कार्यक्रमले उद्योगीहरुलाई आगामी दिनमा आफनो कार्यदिशा,योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नुभयो।
फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनिहरुलाई समेत आफनो व्यवसायिक रणनीतिलाई पुनः समीक्षा गर्न बाध्य बनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीहरुले अबका दिनमा एक व्यवसायिक योजनामा मात्र सीमित नभई अन्य विकल्पलाई समेत आत्मसात गर्नुपर्ने धारणा राख्नुभयो।
श्रोत व्यक्त्ति साउथ एशिया सोसाईटी अफ एन्टरप्रेनर्श एडुकेटर्सका अध्यक्ष आशुतोष तिवारीले उद्योगीहरुले सकारात्मक सोचका साथ नयाँ दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक वजारीकरणको माध्यमबाट खर्च न्यूनीकरण गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने उपायहरुका सम्बन्धमा प्रस्तुती गर्नुभएको थियो।
कार्यक्रममा नेपाल उद्योग परिसंघ, प्रदेश नं १ का अध्यक्ष भीम घिमिरे, नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष युनेशराज श्रेष्ठले उद्योगीहरुलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न उर्जा प्राप्त हुने धारणा राख्नुभएको थियो।
प्रतिक्रिया