अफगानिस्तानमा एक महिलाले बुर्का नलगाउदा तालिबानद्वारा गोली हानी हत्या

इनेप्लिज २०७८ भदौ २ गते २३:४५ मा प्रकाशित

अफगानिस्तानमा एक महिलाले बुर्का नलगाउदा तालिबानले गोली हानी हत्या गरेको दुखद समाचार छ । तर त्यसै दिन उनीहरुले महिला अधिकारलाई सम्मान गर्ने भन्दै गर्दा महिलाको हत्या गरिएको छ ।

तालिबानले काबुल कब्जा गर्दै जाँदा महिलाहरुमा भय र डर पैदा भएको छ । कसैले घर छोडी रहेका छन् भने कोही घर छोड्न डराएका छन् । मानिसहरु सडकमा पनि आएका छन् ।

तालिबान लडाकुहरुले गत मंगलबार बुर्का नलगाएको कारण बर्बरता प्रदर्शन गरेका छन् । अफगानिस्तानको तखर प्रान्तमा एक पौडी पोखरीमा रगताम्य संग ढलिरहेको अवस्थाको फक्सन्युजले समाचार प्रकाशित गरेको छ । तालिबान लडाकुले उनले सार्वजनिक स्थलमा बुर्का नलगाई हिडेकोमा त्यसो गरेका हुन् ।

उनीहरुले सबै महिलाहरुलाई बिद्यालय फर्कन र काममा जना समेत अनुरोध गरेका छन् । तालिबान प्रवक्ताले महिलाले समेत अन्तर्वार्ता गर्न सक्ने बिश्वस्त दिलाएका छन् । मुजाहिदले एमनेस्टीलाई पनि काम गर्न अनुमति दिने भएको छ भनि न्यूज डटकमले लेखेको छ ।

 

प्रतिक्रिया