एक्जेम्प्लर (Exemplar) संगको सहकार्य पछि सगुनको मिनी आइपिओ ३१ अगष्टमा बन्द हुने

इनेप्लिज २०७८ भदौ १ गते २१:४० मा प्रकाशित


वाशिंगटन डीसी — सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयरहरु ३१ अगष्ट २०२१ (न्यूयोर्क समय मध्य रात १२ बजे) सम्म खरीद गर्न सकिने छ।इच्छुक लगानीकर्ताहरुले ‘सी’ क्लासको शेयर,प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरको शेयर खरिद गर्न पाउने छन्।गत जुलाई महिनाको अन्त्य सम्ममा संसारभरिका ४,५०० भन्दा बढी लगानीकर्ताहरुले सगुनका शेयर किनेका छन्।

हामीले भर्खरै जून २०२१ मा अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिंग, संग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे ‘स्ट्राटेजीक पार्टनरशिप’ सम्बन्धी सम्झौता गरेका छौं।उक्त सम्झौता अनुसार हामीले अहिलेको रेग ए प्लस (मिनी आइपिओ) बन्द गर्न लागेका छौं।हाम्रो व्यवसायका लागि आवश्यक पूँजी जुटाउने जिम्मा सोही कम्पनीले लिएको छ। यो अवसरमा सगुनको स्थापनादेखि हामीलाई सहयोग गर्दै आउनु भएका सबै लगानीकर्ताहरु र शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका,नेपाल र भारतमा कार्यालयहरु छन्। सगुन एप गुगल प्लेस्टोर र एप स्टोर बाट सजिलै डाउनलोड गर्न सकिन्छ।सगुनको प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा,फोटो र भिडियो शेयर गर्छन्,आफ्ना साथीहरुसंग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट क्वोइन’’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन्।

प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोड भन्दा बढी’ स्मार्ट क्वोइन’ हरु आर्जन गरिसकेका छन् जसमध्ये ५३ करोड ३० लाख ‘स्मार्ट क्वोइन’ हरु परिवार तथा साथीहरुलाई उपहार दिन वा किनमेल गर्न खर्च गरि सकेका छन्।हाल सम्म सगुनले सगुन स्टोरी, न्युज हेड लाइन्स, मुड टक,सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ।अब चाडै शपिंग तथा “भ्वाइस स्टोरी” फिचरहरु पनि बजारमा आउंदै छन्।

रेग ए प्लस (मिनी आइपिओ) स्वीकृत भएका कम्पनीहरुमा विश्वभरिका लगानीकर्ताहरुले शेयर खरीद गर्न सक्छन्। सगुनले संसारका धेरै मुलुकहरुलाई यो अवसर दिंदै आएको थियो तर अब लगानी चांडै बन्द गर्दैछौं।नेपाल सरकारको नियम अनुसार नेपाल भित्र बसोबास गर्ने नेपालीहरुले शेयर खरिद गर्न नपाएता पनि संसारभरि रहेका गैर आवासीय नेपालीहरु लगायत अन्य सबैले सगुनको शेयर किन्न पाउंछन्।

सगुनको शेयर खरीद गर्न www.sagoon.com/invest मा गएर आवेदन दिन सकिने छ।यसलाई अवसरको रुपमा लिनको साथै स्टार्ट अप कम्पनीहरुमा लगानी गर्दा जोखिम पनि हुन सक्ने भएकाले सम्भाव्य लगानीकर्ताहरुलाई लगानी गर्नु भन्दा पहिले ‘अफ़रिङ्ग सर्कुलर’ राम्रो संग पढ्न आग्रह गर्दछौं।

मिडियाका लागि सम्पर्क:
कबिन सिटौला
सह-संस्थापक, सगुन
इमेल :[email protected]

 

 

प्रतिक्रिया