तालिवानले एक महिलाको ढोकामा ३ पटक ढक-ढकाए ,चौथो पटकमा हत्या

इनेप्लिज २०७८ भदौ १ गते १०:५२ मा प्रकाशित

अफगानिस्तानमा तालिवानको बर्बरता कायमै रहेको समाचार बाहिर आएको छ । सिएनएनका अनुसार एक महिलाको ढोकामा ३ पटक ढक-ढकाए र चौथो पटकमा हत्या गरेको समाचार छ ।

अफगानिस्तानको उत्तरको एक गाउँमा नाजिया नामकी महिला जसका ३ जना छोरा र एक छोरा थिए उनीलाई तालिबानले ढोका खोल्न लगाएर आक्रमण गरि हत्या गरेका छन् ।

उनकी २५ बर्षिय छोरी मानिझाका अनुसार उनीहरुले १५ जना तालिबान लडाकुलाई ३ दिन सम्म खाना बनाई दिएकी थिइन् । उनकी आमाले म गरिव छु म तिमीहरुलाई कसरी बनाउन सक्छु भनेकी थिइन् ।

त्यसो भने पछि उनीहरुले कुटपिट गर्न थाले र उनकी आमा भुइमा ढले पछि एके४७ राइफलले हिर्काएका उनले बताइन । उनकी छोरीले चिच्याउदै कुटपिट नगर्न आग्रह गरिन । त्यस पछि उनीहरुले एक छिन् रोके पछि ग्रिनेड अर्को कोठामा फ्याकेर हिडेका थिए ,उनले थपिन ।

उनको मृत्यु रगत ज्यादा बग्नुको कारण भएको उनले जनाइन । गत जुलाई १२ का दिन उक्त घटना भएको थियो भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया