वर्ल्ड नेवाःअर्गनाइजेसन स्थापना भएको एक दशक पुगेको उपलक्षमा सो संस्थाले अन्तरराष्ट्रिय हाजिरि जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ।सोहि सन्दर्भमा गत सप्ताहान्तमा सहभागिहरुलो लागि प्रतियोगिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको थियो।कार्यक्रममा बोल्नु हुदै प्रतियोगिता संचालन समितिका संयोजक बिमल श्रेष्ठले नेवाः संस्कृति,सम्पदा,भाषा,साहित्यको सम्बर्द्दनमा युबा पुस्ताको सहभागिताको गराउने उद्देश्यले सो प्रतियोगिता संचालन गरेको जानकारी दिनु भयो।प्रतियोगिताको प्रश्न निर्माण उपसमितिका संयोजक केशरमान ताम्राकारले युबा बर्गको रुचि अनुसार ५०% प्रश्न नेवाः संस्कृति,सम्पदा लगायत बाट सोधिने र बाकि ५०% नेपाल,अन्तर्राष्ट्रिय घटना,खेलकूद,धर्म एबम अन्य बाट सोधिने जानकारी दिनु भयो।आर्थिक समितिका संयोजक भुषण श्रेष्ठले प्रतियोगिता संचालन गर्न सम्पूर्ण महानुभाबहरुमा सहयोगको लागि अनुरोध गर्नु भयो।
प्रतियोगिता सम्बन्धि नियमाबलि तथा निर्णायक समितिका संयोजक तथा वर्ल्ड नेवाः अर्गनाइजेसनका संरक्षक दयारत्न शाक्यले प्रतियोगिताका नियमबारे स्पष्ट पार्नु भयो भने प्राबिधिक समितिका संयोजक तथा वर्ल्ड नेवाःअर्गनाइजेसनका उपाध्यक्ष एबम कार्यक्रमका सफ्टवएर निर्माता संयुक्त श्रेष्ठले प्रतियोगिताको तरिका बारे जानकारी गराउने उद्देश्यले सहभागिहरुका बिच प्रत्यक्ष रुपमा प्रतियोगिता संचालन गरि नमुना प्रदर्शन गर्नु भयो।वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले सबैको सहयोग बाट यो कार्यक्रम उल्लेखनिय हुने बताउनु भयो।अभिमुखिकरण कार्यक्रमको अन्त्यमा प्रचार समितिका संयोजक तथा वर्ल्ड नेवाः अर्गनाइजेसनका सचिब रस्मिला प्रजापतिले बिभिन्न देश बाट भाग लिनुहुने टोली, बिद्यालय,शिक्षक,अभिभाबकहरु लगायत सबैलाई धन्यबाद ब्यक्त गर्नु भयो। सो प्रतियोगिता कक्षा ८ देखि १२ सम्म का बिद्यार्थीहरु बिच आगामि अगस्ट २१ तारिख बाट शुरु हुन लागि रहेको छ भने अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, आयरल्यान्ड, नेपाल लगायतका गरि २० वटा टोलीको सहभागिता रहेको छ।
प्रतियोगिता संचालन गर्न बिमल श्रेष्ठ (क्यानडा)को संयोजकत्वमा केशरमान ताम्राकार (अमेरिका),संयुक्त श्रेष्ठ (संयुक्त अधिराज्य),भुषण श्रेष्ठ (अमेरिका) रस्मिला प्रजापति (नेपाल),शाक्य सुरेन (नेपाल),उदेन न्हुसायमि(नेपाल),दीपेश शाक्य(आयरल्याण्ड),नरेश ताम्राकार (क्यानडा),शोभित शाक्य (इस्टोनिया),रजनि प्रधान (बेल्जियम),कमल श्रेष्ठ (न्युजिल्याण्ड),कृष्ण चखुं (संयुक्त अधिराज्य),उत्तम माकजु (क्यानडा) सहितको प्रतियोगिता संचालन समिति गठन गरेको छ भने अर्गनाइजेसनका संरक्षक दया रत्न शाक्य,अध्यक्ष सिजन श्रेष्ठ र बरिश्ठ उपाध्यक्ष डा.नाराण राजभण्डारीसहितको सल्लाहकार समिति पनि गठन गरेको छ।
कार्यक्रममा प्रथम हुने टोलीलाई रु ७०००० (अमेरिकिडलर ६००),दोश्रो हुने लाई रु ५३००० (अमेरिकि डलर ४५०),तेश्रोहुनेलाई रु ३५००० (अमेरिकि डलर३००) र सान्त्वना पुरस्कार रु १७००० (अमेरिकि डलर १५०) प्रदान गरिने कार्यक्रममा जानकारी दिइएको थियो।
अन्तरराष्ट्रिय स्तरको सो प्रतियोगिता जूम प्रबिधि मार्फत हुन गैरहेको छ भने कार्यक्रमको स्वरुप अमेरिकि कार्यक्रम “हु वान्ट्स टु बी मिलिनायर” र भारतिय कार्यक्रम “कौन बनेगा करोडपति” जस्तै प्रश्नको सम्भाबित उत्तरहरु एबम श्रब्य दृश्य सामाग्रिहरु सहित बिद्युतिय माध्यमबाट हुनेछ।समितिले सहभागि सबैलाई कोभिद -१९ को नियमाबलीलाई पालना गरि सहभागि हुन पनि अनुरोध गरेको छ।
प्रतिक्रिया