समुन्द्रमा उठेका छालहरूले,
वैंसको दिन याद दिलायो,
कहिले डुंड्गा डूवायो,
कहिले सुनामी आयो।
रहर गरेर सम्हालेर राखेका
सपनाका महलहरू
हेर्दा हेर्दै छालले झै
विवशताले बगायो,
समुद्रमा उठेका छालहरूले
वैंशका दिन याद आयो।
अहिले समुद्र माथि चराहरू
उडेर आएको देख्दा,
तैरीरहेका माछालाइ टिपेको देख्दा,
छोरा छोरीलाइ को खाई,को खाई
गरेका दिन याद् आयो,
पर पर स-साना देखीएका डूड्गाहरू,
ढुलमुल ढुलमुल गरेको देखेर,
वैंशको दिन याद आयो,
सकसमा परेर चेपिएको वेला,
बाडीचूड़ी खाएको वेला,
समुद्रमाथि कावा खाइरहेका चराहरूले
याद दिलायो,
सानो तंरगले किनारको वालुवाका
भुराहरूले खेल्न वनाएका
घरहरू बगांउदा
आफ्ना चोइटिएका
संकल्पहरूको याद गरायो,
छालहरूले डरलाग्दो तुजुक देखाउदां
आफ्नो वैंशका वेलाको
तुजुक सम्झ्यायो,
वर्तमानले घरि घरि झस्कायो,
यो समुद्रले जीवनको
असिमितता को ज्ञान दिलायो,
उमेरले विवशता याद गरायो,
समुद्रमा उठेका छालहरूले,
वैशका दिन याद दिलायो,
कहिले डुड्गा डूवायो,
कहिले सुनामी आयो।
– सुशील नेपाल
राजमित्रको प्रांगण,
माल्डेन,बोस्टन
अमेरीका
लेखक /साहित्यकार
प्रतिक्रिया