आए हिमाल हेर्न

केशवराज अवस्थी "शिरीष" हाल धनगढी २०७८ साउन ३२ गते २३:०४ मा प्रकाशित

माया घना छ मेराे नाैलाे छ भाव मन् मा,
तृष्णा सबै पखाली रम्छु नया जीवन्मा।
ती दृश्यका सितारा प्रीति सुगन्ध छर्न,
सङ्गी सँगाति साथै आए हिमाल हेर्न ।।

स्वप्नाहरु सँगाली देवत्वकाे धरामा ,
पुर्खाहरु बसेथे एकत्वकाे मियाेमा।
यस्तै अपार माया स्नेहत्वलाई भर्न ,
सम्झी पियार फेरी आए हिमाल हेर्न ।।

सागर चुमेर आयाे याे शैलकाे चिसाेले,
उच्चा बनाइ हाम्राे सम्मानकाे सिरानी ।
याे सभ्यता चिनाई संस्कारलाई फेर्न,
दाैडेर फाल हाली आए हिमाल हेर्न।।

माया बसाल माटी सम्भावना अनेकाैं,
छन् यै भुगाेल भित्रै सत् सिर्जना अनेकाैं।
माटाे मुसारी सक्छाैं सुनका भकारि भर्न,
उत्साह बाेकि साथी आए हिमाल हेर्न।।

मैदानमा झुलेका सुनका सुरम्य बाला,
माटाे सुँघी खिलेका मुस्कान ति निराला।
जाला दरिद्र टाढा पाइन्छ स्वास फेर्न,
तिम्रै त हाे भराेसा आए हिमाल हेर्न।।

के छैन याे थलामा के खाेज्न भाैंतारिएकाे,
सन्तुष्टिकाे सिमाना कस्काे छ मेटिएकाे।
साना खुसी प्रसस्तै छर्पस्ट छन् टिपाैं न,
लाली चढे चढेकाे आए हिमाल हेर्न।।

-केशवराज अवस्थी “शिरीष”
हाल धनगढी

प्रतिक्रिया