डा.डीआर उपाध्यायले एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रेकर्ड दर्ता

इनेप्लिज २०७८ साउन ३२ गते २२:५५ मा प्रकाशित

काठमाडौं।डा.डीआर उपाध्यायले एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराउनुभएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा.उपाध्यायलाई उक्त रेकर्ड हस्तान्तरण गर्नुभएको हो।

प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको संक्षिप्त कार्यक्रममा डा.उपाध्यायलाई प्रधानमन्त्री देउवाले विश्व रेकर्ड हस्तान्तरण गर्नुभएको होे।सो अवसरमा गिनिज बुकको मिडिया को–अर्डिनेटरको प्रमाणपत्र हिमालय टाइम्सका कृष्ण भुसाल,प्राइम टेलिभिजनका नरेश भट्टराई,राजधानी दैनिकका डब्बु क्षेत्री,मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्र खबरका राज लुईंटेललाई प्रधानमन्त्री देउवाले प्रदान गर्नुभएको थियो।

विश्व कीर्तिमानी डा.उपाध्यायका बारेमा सञ्चारकर्मी नरेश भट्टराईले संक्षिप्त जानकारी प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो।प्रधानमन्त्री देउवाले डा.उपाध्यायको यस कार्यका लागि बधाई तथा शुभकामना दिनुभएको थियो।मिलापको संयोजनमा गरिएको कार्यक्रममा साहित्यकार गणेश सुवेदी लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

डा.उपाध्यायले नेपालमा भएका विभिन्न दैनिकमा २०७८ साल असार १५ गते मंगलबार तदनुसार २९ जुन २०२१ का दिन ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख ३६ राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुभएको थियो।यसअघि यो विश्व रेकर्ड बेलायतका क्रिस जिगरको नाममा रहेको थियो। जिगरले क्यान्सर जागरुकताका बारेमा लेख प्रकाशन गर्नुभएको थियो।उहाँका १९ राष्ट्रिय दैनिकमा लेख प्रकाशित भएको थियो।

‘मैले कायम गरेको यो विश्व रेकर्ड नेपालको गौरव बढाउने उद्देश्यका लागि होे’,डा.उपाध्यायले भन्नुभयो।डा.उपाध्यायले यसअघि गीतसंगीत तथा विभिन्न विधामा ५१ विश्व रेकर्ड कायम गरी नेपालको गौरव बढाउनुभएको छ।उपाध्यायका एक दर्जनजति उपन्यास प्रकाशित छन् भने तीन गीतिसंग्रह प्रकाशित छन्।यस्तै उहाँका २४ एल्बमका सयौं गीत श्रोता/दर्शकमाझ रहेका छन्।

 

प्रतिक्रिया