प्यारालाइसिस पिडित गगन विश्वकर्मालाई सहयोग प्रदान

इनेप्लिज २०७८ साउन ३२ गते २२:४८ मा प्रकाशित

प्यारालाइसिस भई दुबै खुट्टा नचल्ने भएका छोराछोरी आफन्त पनि नभएका कमलबजार अछाम बस्दै आएका(हाल केही दिनका लागी अर्काको घरमा बसीरहेका) आफ्नो बस्ने टहरो समेत नभएका बेसहारा गगन विश्वकर्मालाई हाल क्यानडामा बस्नुहुने Ngawang Thrachin ले वहाँलाई खाध्यान्न तथा उपचारार्थ रु दश हजार नगद सहयोग प्रदान गर्नु भएको छ।

पिडित विश्वकर्माको सो दयनिय अवस्थाको वारेमा जानकारी पाए पश्चात श्री कालिका आधारभुत विद्यालय मुली अछामका प्रधानाध्यापक शिक्षक देवेन्द्र सञ्जालले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोगको अपिल गरेकोमा देश विदेशमा रहनुहुने नेपालिबाट हाल सम्म १३ जना मनकारी सहयोगी मार्फत रु. ३६,१००/- सहयोग संकलन भएको जानकारी प्राप्त भएको छ।( स्मरणिय छ प्र.अ. सञ्ज्यालको पहलमा दान सहयोगबाट विद्यालयको दुई कोठे पक्की भवन निर्माणाधीन अवस्थामा छ भने सोही ठाउँका क्यान्सर पिडित सर्पजित कसेरालाई भर्खरै रु एक लाख तिस हजार नगद सहयोग प्रदान गरिएको थियो)

त्यसैगरी उक्त सहयोग संकलन कार्यमा अर्का स्थानीय शिक्षक तर्क बहादुर बिष्टले समेत समन्वय गरिरहेका छन।

सहयोग प्रदान गर्नु हुने मनकारी दाताहरु:

१. सुर्य श्रेष्ठ, अमेरिका – ५,०००/-
२. ईश्वर ढकाल, अछाम – १,०००/-
३. नविन चलाउने,अछाम -३,०००/-
४. रोज थापा,कतार- ५,५००/-
५. हरिश कुमार अछाम – ८००/-
६. Leela Memba धादिङ – १,०००/-
७. धर्म कुँवर ढकारी अछाम हाल मलेसिया – ३,०००/-
८. केशव वि क अछाम – ५००/-
९. विर बहादुर बिष्ट लम्की कैलाली – १,०००/-
१०. चन्द्र दर्नाल ईटहरी हाल साउदी अरब – २,०००/-
११. गणेश रावत मुली अछाम – ८००/-
१२. पवित्रा रावल लम्मी कैलाली – २,०००/-
१३. अपरिचित – ५००/-
१४. Ngawang Thrachin क्यानडा – १०,०००/-

प्रतिक्रिया