तालिबानले काबुल नियन्त्रणमा लिए पछि श्रंगार पसलमा प्रदर्शनका लागि राखिएका महिलाहरुका तस्बिरहरुमा रङ्गले पोतिदै गरेको तस्बिर सार्वजनिक भएको छ ।
गत आइतबार काबुल स्थित एक ब्युटी पार्लर (श्रंगार केन्द्र)मा धमाधम महिलाहरुका तस्बिरहरु माथि सेतो रंगले पोतिएको देखिएको छ । २० बर्ष अगाडी तालिबानहरुले महिलाहरुलाई बुर्का लगाउनु पर्ने र महिलाहरुलाई बिद्यालय समेत जानबाट बन्चित गरेका थिए ।
सम्भवत त्यस्तै व्यवहार गर्ने भय र डरको कारण महिलाका तस्बिरहरुलाई रंगले पोतीएका हुन् सक्ने विश्वास गरिएको छ । उक्त तस्बिर गत आइतबार अगस्त १५ का दिन अफगानिस्तानको संचार माध्यम लोतफुल्लाह नाजाफिजादाले प्रकाशित गरेको थियो ।
महिलाहरुको तस्बिर किन लुकाइयो भन्ने बारे कुनै आधिकारिक पुष्टि भएको छैन भने तर सम्भवतः यो तालिबानलाई खुसी पार्नको लागी गरिएको थियो। जब तालिबानले अन्तिम पटक अफगानिस्तानमा शासन गरे, उनीहरुले महिलाहरुलाई काम गर्न वा विद्यालय जान निषेध गरेका थिए ।
महिलाहरुले आफ्नो अनुहार छोप्नुपर्थ्यो र यदि उनीहरुले त्यसो गरेनन् भने उनीहरुलाई सजाय दिईन्थ्यो । उनीहरुलाई जव सम्म आफ्नो पुरुष नातेदार तथा आफन्त संग बाहिर जादैनन् तब सम्म उनीहरुलाई एक्लै बाहिर जान अनुमति थिएन । अफगानिस्तानमा धेरै महिलाहरु भन्छन् कि उनीहरु तालिबान शासनको बेला उनीहरुसंग कस्तो व्यवहार गरिनेछन् र उनीहरुको स्वतन्त्रता र अधिकारहरु गुम्ने डर छ।
महिलाहरु जो राजनीतिज्ञ वा कार्यकर्ताको रूपमा काम गरीरहेका छन् उनीहरुलाई अब बदलाको डर छ। काबुलका केही महिलाहरुले बुर्का किन्न थालेका छन् जुन उनीहरुको अनुहार सहित सम्पूर्ण शरीर ढाकेका छन् भनि याहु डटकमन्यूजमा समाचार छ ।
प्रतिक्रिया