स्वसंवाद भनेको के हो?
यो ब्रह्माण्डमा कुनैपनि कुराको सिर्जना दुई पटक हुन्छ I एकपटक विजरुपमा अव्यक्त तथा अर्को व्यक्त प्रकट रुपमा हुन्छ I त्यसै गरि हाम्रो मनमा कुनै पनि विचारहरूका तरंगहरु उत्पत्ति नभई त्यो कार्यरुपमा आउँदैन I हाम्रा कार्यहरु सर्वाहिताय बनाउनको निमित्त हामीले त्यहि अनुरुपका विचारहरु मनमा बिजारोपण गराउनु पर्दछ I खुशी, आनन्द, सुख, समृद्धि आदिका विचारहरुलाई निरन्तर मनमा चल्न दिएको खण्डमा हामी हाम्रो पुरा पुरा क्षमतामा उपलब्ध हुन सक्छौं I त्यहि आफ्नो असिम क्षमता प्रकट गर्न निरन्तर हामीले आफूभित्र आफैंसंग गर्ने संवादको नाम स्वसंवाद हो I
प्रत्येक मानिसले आफ्नो जीवनमा खोजी गर्ने विषय भनेको सुख, शान्ति, समृद्धि हो I सुख मनको हुन्छ I त्यो मानसिक सुखलाई चरम सीमामा पुर्याउन हामीले हामी भित्र लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्नुपर्दछ I जस्ता विचारहरु हाम्रो मनमा आउंछन् हामी त्यस्तै बन्छौँ I यदि दुख, चिन्ता, तनाव, डर, त्रास आदिका विचारहरु हामीमा आउँछन् भने हाम्रो जीवन बिस्तारै नरकमा रुपान्तरण हुँदै जान्छ I हामीमा दोष दृस्टीको सिर्जना हुन्छ I तर खुशी, प्रेम, आनन्द, दया, सेवा, क्षमा, करुणा आदिका विचारहरुलाई जानी जानी आउन दियौं भने ति विचारहरुले हामीलाई निरन्तर फैलाउंदै लैजान्छन् जसले गर्दा हामी भित्र नेतृत्व क्षमताको विकास हुन जान्छ र हामी अभयको यात्रामा अगाडि बढ्छौँ I अरुलाई सुधार्नु पुर्व आफुलाई होश द्वारा सुधार्न सकेको खण्डमा अरुप्रति प्रेम भाव जन्मिन जान्छ I साधनाको माध्यम द्वारा हामी साक्षीमा उपलब्ध हुन्छौं I किनकि स्वसंवाद कार्यक्रममा दुख व्यव्य्स्थापन पनि पर्दछ I आफ्ना मनमा उठ्ने विचारहरुप्रति तटस्थ बन्दाबन्दै हामी दु:खबाट निवृत्त बन्न सक्छौं I हामी भित्र रहेको असिमित उर्जाले निरन्तर फैलिने सुअवसर प्राप्त गर्दछ जसले गर्दा हाम्रो होश निरन्तर बढ्न थाल्छ I संसारमा भएका सम्पूर्ण वस्तु चेतनाले बनेको हुन्छ भन्ने बोधमा आउँछ I
यदि दुख, चिन्ता, तनाव, डर, त्रास आदिका विचारहरु हामीमा आउँछन् भने हाम्रो जीवन बिस्तारै नरकमा रुपान्तरण हुँदै जान्छ I
शान्ति आत्माबाट आउँछ I जति हामीभित्र सजातिय गुणहरु बढ्दै जान्छन् त्यति हामी सजगताले भरिन्छौँ I आफ्ना शरीर भित्रका क्रियाकलाप, मनमा चल्ने विचारहरु, आफ्ना भावनाहरु सबैलाई हामी परिक्षण गर्न थाल्छौं I फलस्वरूप आफ्नै शरीरप्रति प्रेम जन्मिन्छ I शरीरलाई प्रेम गर्न जानेको खण्डमा हामी अरुलाई पनि प्रेम गर्न थाल्छौं I हाम्रो चेतनाको निरन्तर वृद्धि हुदै जान्छ र सबैतिर शान्तिको अनुभूति हुन थाल्छ I कर्मलाई पुजा बनाउँदा बाहिरी समृद्धि तथा भित्रि शान्ति दुवै हामीलाई प्राप्त हुन्छ I
आफ्नो लक्ष्य पहिचानबाट सुरु भएर पूर्ण विकसित बन्नको निमित्त आफ्नो मनमा चल्ने सम्वादहरुको व्यवस्थापन गर्नु मानिसको धर्म हो I आफूभित्र त्यस किसिमको संवाद चलाउन आफ्नो स्वकेन्द्रमा स्थित सद्गुरुदेवको आवश्यकता पर्दछ I किनकि हाम्रो मनलाई विषय चाहिन्छ I बिना विषय मन भड्किन्छ, अनियन्त्रित हुन्छ I ६० हजार विचारहरुको सहि व्यवस्थापन गर्न मनोविज्ञान र अध्यात्मबाट मात्र सम्भव छ I गहिरा गहिरा ध्यानका सूत्रहरुको ज्ञान सद्गुरुदेवबाट मात्र प्राप्त हुने हुँदा हामीलाई सहि मार्ग दर्शन मिल्छ I निरन्तर परमहोशका साथमा मौनको केन्द्रबाट सद्गुरुदेवका अमृतरुपी वाणीहरु आउने कारण हाम्रो हृदयले त्यो भाषा सजिलै बुझ्दछ I
अरुलाई सुधार्नु पुर्व आफुलाई होश द्वारा सुधार्न सकेको खण्डमा अरुप्रति प्रेम भाव जन्मिन जान्छ I
जति कठोर व्यक्तिले पनि ति मधुर रसयुक्त ब्रह्मवाक्यलाई सहज रुपमा अनुशरण गर्दछ I विस्तारै साधनाको माध्यमद्वारा संसारतिर फर्किएको मन स्वकेन्द्र तिर फर्किन्छ I साधनाले स्वसंवादकालागी भाव भूमिको निर्माण गर्दछ I विशुद्ध मानवतासंग सम्बन्धित जीवन विज्ञान प्रतिष्ठानबाट निरन्तर यस्ता स्वसंवादका कार्यक्रमहरु भइरहेका छन् I विभिन्न मुलुकको स्थानीय समयका आधारमा साधकहरु स्वसंवादबाट दिक्षित भैरहनुभएको छ I यस्ता मानवलाई उन्नत र परिस्कृत गराउने कार्यक्रम जनजनमा पुर्याउनु पर्दछ ताकि सबैले आफ्नो जीवनमा सुख, शान्ति, समृद्धि अनुभूति गर्न सकुन् I जीवनलाई धन्य बनाउन सकुन् I
६० हजार विचारहरुको सहि व्यवस्थापन गर्न मनोविज्ञान र अध्यात्मबाट मात्र सम्भव छ I
जाति, धर्म, सम्प्रदाय, वर्ण, लिङ्ग आदिबाट मुक्त जीवन विज्ञान प्रतिष्ठानका कार्यक्रमले सबैको जीवन उन्नतिको शिखरमा पुर्याउन सकोस् र समतामुलक समाजको निर्माण होस् I सहज र सरल भएर व्यक्तिले बाँच्न पाउने नैसर्गिक अधिकार प्राप्त गरुन् I सबैको जीवनमा सद्गुरुदेवको कृपाप्रसाद बर्सियोस् I
प्रतिक्रिया