तालिबान समूहले सामाजिक संजाल मार्फत नागरिकलाई कुनै समस्या भएमा सम्पर्कमा रहन आग्रह

इनेप्लिज २०७८ साउन ३२ गते १३:०२ मा प्रकाशित

अफगानीस्तान तालिबानले कब्जा गरे पछि तालिबान समूहले सामाजिक संजाल मार्फत नागरिकलाई कुनै समस्या भएमा सम्पर्कमा रहन आग्रह गरेका छन् ।

दुई दशक अगाडी उनीहरुलाई सत्ताच्युत गराईए पछि २० बर्ष पछि उनीहरुले नरम प्रवृति र मानवीय क्षति नहुन् दिन राम्रो व्यवहार देखाई गरि रहेका छन् । डर र भयको कारण भाग्ने क्रम तीव्र गतिमा चलेकोले उनीहरूले सामाजिक संजाल मार्फत दूरभाष(फोन) तथा सामाजिक संजालमा सम्पर्क रहन भनेका छन् ।

अर्का तालिबान अधिकारीहरुले श्रब्य दृश्य(भिडियो )सामाजिक संजालमा उनीहरुलाई स्वागत गरेको समाचार सिबिएस न्युजले प्रकाशित गरेको छ ।

अल जजीरा टिभी(दूरदर्शन )सँग कुरा गर्दै तालिबानका प्रवक्ता मोहम्मद नईमले भने कि समूहले “सबै देश र संस्थाहरूलाई कुनै समस्या समाधान गर्न हामीसँग बस्न आग्रह गरेको छ।”

“हामी जे खोजिरहेका थियौं त्यहाँ पुग्यौं, जुन हाम्रो देशको स्वतन्त्रता र हाम्रा जनताको स्वतन्त्रता हो,” उनले भने। “हामीलाई लाग्दैन कि विदेशी सेनाहरु अफगानिस्तानमा आफ्नो असफल अनुभव फेरी दोहोर्याउनेछन्।”

तस्बिर :एपी न्युज

प्रतिक्रिया