हुलाकी सडक बगाउँदा लालबोझीबासी जोखिममा

वीरेन्द्र रावल २०७८ साउन ३२ गते १०:०४ मा प्रकाशित


वीरेन्द्र रावल,धनगढी-साउन ३१÷ हरेक बर्ष बर्षातको समयमा कैलाली जिल्लाको दक्षिणवर्ति क्षेत्र बाढीको जोखिमा पर्ने गरेको छ।कान्द्रा नदीमा पानीको बहाब बढेसंगै नदीमा आएको बाढीले हुलाकी सडक तहसनहस पार्नुका साथै बगाएको छ।

कैलाली जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक कान्द्रा नदीले बगाएको हो।बिहीबार रातीदेखि परेको अविरल वर्षा सँगै कान्द्रा नदीमा आएको बाढीले सो सडक बगाएको हो।

तराईको आर्थिक समृद्धिका लागि भन्दै आर्थिक वर्ष २०६६÷६७ मा निर्माण सुरु भएको हुलाकी सडक आयोजना अन्तर्गतको सो सडक हरेक वर्ष वर्षातले तहसनहस गर्ने गरेको थियो भने यो वर्षात त कान्द्रा नदी आएको बाढीले बगाएको हो।

स्थानीय बाधुराम चौधरीले हुलाकी सडक बगाएपछि स्थानीयले वैकल्पिक बाटो प्रयोग गरिरहेका बताउनुभएको छ।‘यो सडकबाट हिंड्दा छोटो हुन्थ्यो,बगाएको हुलाकी सडकको अवस्थाका बारेमा जानकारी दिदै बाधुरामले भन्नुभयो—अहिले घुमेर लामो बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता छ।नदीले हरेक वर्ष कान्द्रा नदीले सडक कटान गर्दा पनि सरोकारवाला निकाय बेखर जस्तै बनेको छ जसले गर्दा हामी जनताहरुले जोखिमपूर्ण यात्रा गर्नुका साथै डुबानको जोखिममा पनि पर्ने गरेका छौं,उहाँले दुखेसो सुनाउनु भयो।

हरेक वर्ष कान्द्रा नदीले धार परिवर्तन गरिरहेको छ।तर पनि सरोकारवाला निकायको ध्यान गएको छैन,लाहुराम चौधरीले भन्नुभयो—नदीले धार परिवर्तन गरेपछि हाम्रो बस्ती पनि नदी डुबानको जोखिममा रहेको छ।

हुलाकी सडक सुरुमा केही कटान भइरहदासमेत तटबन्धनको कुनै प्रयास गरिएन्,उहाँले भन्नुभयो— समयमा सम्बन्धित निकायबाट तटबन्धन गरिएको भए नदीले सडकमा क्षति पुर्याउँदैनथ्यो।

त्यस्तै अर्का स्थानीय लक्ष्मी चौधरीले भन्नुभयो—सरकारले बनाएको सडक बग्यो। अब हाम्रा घरखेत पनि बग्नेछन्।सो क्षेत्रमा एक सय मिटर बढी सडक बगाउँदा हामीहरु खेतको आलीबाट हिंडडुल गरिरहेका छौं।

भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चौकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो।६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि सो सडकको काम अघि बढ्न सकेको थिएन।अहिले नेपाल सरकारले सो सडक स्तरोन्नति गर्ने भनेपछि अहिले तीन चरणमा काम अघि बढाइएको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया