सहकारी बोर्डमा गोविन्द दुलाल
सहकारी क्षेत्रको सर्वोच्च निकायको रुपमा रहेको सहकारी बिकास बोर्डमा बाग्मती प्रदेश सरकारले लेखक÷पत्रकार गोविन्द प्रसाद दुलाललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्ले यहि साउन २८ गतेको निर्णयअनुसार श्री दुलाललाई नियुक्त गरेको हो ।
सहकारी ऐनमा व्यवस्था भएअनुसार भूमि व्यवस्था तथा सहकारी मन्त्रीको अध्यक्षतामा गठन हुने पन्ध्र सदस्यीय सहकारी विकास बोर्डमा अर्थ , उद्योग, भुमिव्यवस्था तथा सहकारी र सामाजिक विकास मन्त्रालयका सचिवहरु समेत गरी दश जना पदेन सदस्य रहने व्यवस्था छ, भने उपाध्यक्ष, सदस्य–सचिव, दुई महिला र एक विज्ञ सदस्य गरी छ जना मन्त्रिपरिषद द्बारा नियुक्ति गर्ने व्यवस्था छ । प्रदेश सरकारले उपाध्यक्षमा यसअघि नै नारायण देवकोटालाई नियुक्त गरिसकेको थियो भने वोर्डको विज्ञ सदस्यका रुपमा दुलाललाई नियुक्त गरेको हो ।
२०५५ सालदेखि सहकारी क्षेत्रमा आवद्ध दुलाल जनविचार पव्लिकेशन एण्ड रिसर्च सेन्टरका अध्यक्ष समेत हुन् । लामो समयदेखि पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको नाममा स्थापित संस्था टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य–सचिव रहेका दुलाललाई प्रदेश सरकारले गरेको नियुक्ती बाट सहकारी क्षेत्रको विकास, व्यवस्थापन र प्रवर्द्धनका क्षेत्रमा सुधार हुने अपेक्षा समेत गरिएको छ ।
सविन राई भर्जिनियामा आई पुगे ,कार्यक्रमको तयारी सबै पूरा
अमेरिकामा यहीअगस्ट ११ बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
प्रतिक्रिया