नेकपा एमाले(नेपाल– खनाल)समुहको अखिल फोर्स गठन

इनेप्लिज २०७८ साउन ३० गते १५:३१ मा प्रकाशित

विराटनगर,३० साउन।नेकपा एमाले (नेपाल– खनाल) समूहको आज यहाँ आयोजित विद्यार्थीहरुको भेलाले रोहित गौतमको संयोजकत्वमा ५१ सदस्यीय विराटनगर महानगरस्तरीय अखिल फोर्स गठन गरेको छ।

विराटनगर –२ तीनपैनीस्थित पार्टी कार्यालयमा आयोजित भेलाले सहसंयोजकमा बिक्रम सिंहलाई चयन गरेको छ।

सो समूहका केन्द्रीय सदस्य महेश रेग्मीले मुलुक परिवर्तन गर्ने दायित्व युवाहरुको काँधमा रहेको छ भन्दै युवालाई सिर्जनशील भएर काम गर्नु पर्नेमा जोड दिनु भयो।

अनेरास्ववियूका केन्द्रीय सहअध्यक्ष ओसिम आलमले शिक्षा र राजनीतिक क्षेत्रमा रहेका माफियाहरुका विरुद्ध युवा विद्यार्थीहरुले सचेतना र परिवर्तनकारी अभियान सञ्चालन गर्ने जानकारी दिनु भयो।

समूहका मोरङका सचिवालय सदस्य पारुल क्षेत्री, युवा नेता नरेन्द्र वस्नेत लगायतले सङ्घीयतालाई कार्यान्वयन गर्ने ठूलो जिम्मेवारी युवाहरुको काँधमा रहेको बताउनु भयो।

प्रतिक्रिया