विश्व युवा दिवस–मास्क एवं सचेतना अभियान सञ्चालन

इनेप्लिज २०७८ साउन २८ गते ११:१४ मा प्रकाशित

विराटनगर,२८ साउन।विश्व युवा दिवसको उपलक्ष्यमा सर्वसाधारणलाई कोरोना महामारी सम्वन्धी जनचेतना जागृत गरान आज यहाँ सचेतना एवं मास्क वितरण गरिएको छ।

लायन्स क्लव,लियो क्लव विराटनगर र जिल्ला ट्राफिक कार्यालय मोरङद्वारा संयुक्त रुपमा विराटनगरको हाटखोला चोकमा सडक हिड्ने सर्वसाधारणलाई सचेतना एवं माक्स वितरण गरिएको हो।

सो अवसरमा मुकेश पौडेल,चाँद इराकी,मोतिराम दाहाल लगायतले यो महामारीबाट आफु तथा आफ्नो परिवार र समाजलाई बचाउन मास्क र खोप मुख्य हतियार भएको बताउनु भयो।क्लवले उक्त अभियानलाई निरन्तर दिने जनाएको छ।

सो अवसरमा उक्त बाटो भै आवतजावत गर्ने ग्रामीण तथा शहरी क्षेत्रका लागि सर्वसाधारण लगायत सिटी सफारिका चालकलाई मास्क वितरण गरिएको थियो।।

प्रतिक्रिया