मौद्रिक नीतिलाई चुनौती सबैको रु २५,००० को बृत बैंक खाता

एकबहादुर क्षत्री, अमेरिका २०७८ साउन २५ गते १९:०२ मा प्रकाशित

 

आज सुतेर उठ्दा नेपाल राष्ट्र बैंकका गभर्नरको आर्थिक बर्ष २०७८/७९ को मौद्रिकनीति आम जनमानसमा छाउने नै छ भन्दै भन्दा दुई महिना नै बित्न थाल्यो। आउने खिचिड़ी केमा हो । जनताको लागि केहि आउँदैन । केहीको लागि सबै आउँछ । त्यसमा दुईमत न होला। मतलब कसैको लागि ठूलो माछा नै हात पर्ने छ धेरैको लागि केही पनि पर्ने छैन।

सबैको लागि हात पर्ने कुरा पहिलो रु ५०० र रु १,००० नोट खारेज गरेर शत प्रतिशत बैंक, भ्रस्ट्राचार निर्मूल तथा धेरै अपराध निर्मूल, प्रतिदिन रु २०० करोडको राजस्व चुहावट रोकिने कुरा दोस्रो वृत कोष अनि तेश्रो ऋण छात्रवृति चाही हुन्। मैले तिनै कुराहरुको आवश्यकता, औचित्य तथा तवर तरिका समयमा नै सम्बन्धित ब्यक्ति कहाँ पुर्याएको थिएँ।

अघिल्ला गभर्नरले तीन बर्ष अगाडीनै सबै जनताको बैंक खाता खोलिने छ भनेका थिए । तिम्रो तरिकाले २० बर्षमा पनि खुल्दैन भनेको थिएँ। अघिका दर्जनौ गभर्नरहरुको होस अर्थ समिति लगायत वा १००-१,००० सुझाब आफूलाई फाइदा हुने दिएका छन तर न औचित्य छन् न साधन र श्रोतको बारेमा सिन्को पनि भाचिएको छैनभन्न हिच्किचाउनु पर्दैन।

मेरा सुझाबको सिन्को पनि समाबेश नहुने कार्यान्वयनको त परै जाओस । सो संकेत शुरुमै पाए पनि मेरो कर्तब्य भनि अगाडी बढी राखेको छु। अलि अलि पनि निराश भईन अरु प्रयाश गर्नु पर्नेछ भनि बुझेर प्रयासरत रहेको छु। हिजो मात्र कसैको लागि गिफ्ट किन्दा भने जस्तो रंगको किन्न नपाएर सो बाध्य भएर छान्दा सो अरु त् के घरको बुद्धको मुर्तिको रङ्गसंग पनि मेल खायो।

कहिले काँही काम नहुँदा झन् बढी प्रतिफल मिल्ने पनि हुन्छ। अहिले सो महसुस गरेको छु। मेरो सुझाब कार्यन्वयन राजी खुशीले नगरेको कारण १-२ लाखको बाहेक सबैको निकै भलो हुने देखेको छु। तिनीहरुको प्रत्यक्ष केहि नोक्सान हुदैन बांडीचुडी हुने मात्र हो। २-३ बर्षमा बृत कोषमा सजिलै रु २०-२५ हजार हुने, सबै एउटा होइन २-३ वटा बैंक खाता ३-४ महिनमा हुनेछ। इन्टरनेट सेवा नभएको गाउँ ठाउँमा पनि बैंक सेवा र बैंक खाता हुनेछ।

बैंक खाता भए पछि सजिलै रु ५०० र रु १,००० नोट खारेज गर्न सकिने छ। जसले गर्दा कर चुहावट, भ्रस्ट्राचार निर्मूल हुनेछ। अन्याय पनि कम हुने अदालत गए पछि न्याय पाइने छ चुनाब पनि निष्पक्ष हुनेछ। न्यायालय भ्रस्ट्राचार भयो भनेर हैरान हुनु पर्ने छैन। यस्ता त् कति कति छन् बेला बेलामा पस्केको छु।

अर्को ठूलो उपलब्धि सबै नेपालीको एउटा नागरिक नम्बर हुनेछ अमेरिकामा पनि एसएसएन वृत कोषको लागि शरु गरिएको हो। त्यसपछि बेग्लै कर नम्बर लिनु पर्दैन। अहिलेको प्यान नम्बरलाई बृत नम्बरले विस्थापित गरि दिनेछ। हरेक बर्ष ९८ प्रतिशत नेपालीको जनगणना केही दिनमा हुनेछ।

अब ठूलो काम हुने भयो सबै गौरवान्वित हुने बेला आएको जस्तो छ तर संघर्ष त् गर्न्नै पर्छ । २-३ बर्ष अगाडी दैनिक रु १३० करोडको हाराहारीमा हुने गरेको राजस्व चुहावट, भ्रस्ट्राचार हुने गरेकोमा अहिले दैनिक रु २०० करोड पुगेको छ। नेपालको जनसंख्या ३ करोडको हिसाबले दैनिक रु ६६ र बार्षिक रु ७३,००० प्रति ब्यक्ति हुन् आउँछ । राष्ट्रको कुल ग्राहस्थ उत्पादन रु.४२ खर्ब ६६ अर्ब ३२ करोड छ भने बार्षिक रु ७ खर्ब ३० अर्ब राजस्व चुहावट, भ्रस्ट्राचार हुने गरेको छ। जुन कुल ग्राहस्थ उत्पादनको १७ प्रतिशत हुन्छ।

हामी सरकार,जनता, नेता, जाने बुझेका मौन रहेका छौ अनि खानेमा सहभागी हुन्छौ। सुधारमा भने चुप लागेर बस्छौं। जसको जोत उसकै पोत, भाडामा बसेको घर बस्नेको, भाडाको रिक्सा चालकको हुन्छ भन्नेलाई आफनो लुटेको रकमले चुनाबको बाँडेको रकम र खाने पिउनेमा आफनो अमुल्य भोट गर्छौ। खै त कसैले केहि दिए ? केहीले त केही पाए केही ले पाए सडक छापे महलमा नपुगेको त् होइन। तिनीहरु अहिलका १-२ लाखमा पर्ने व्यक्ति हुन्।

सबै जनताको बृत कोषमा रु २०-२५ हजार जम्मा गराउन र जघन्य चुहावट हटाउन को लागि सम्पूर्ण जनताले केहि त शान्तिपूर्बक सबै जनता, कार्यकर्ता, राजनैतिक दलहरुले एक स्वरमा केहि त गर्नु नै पर्छ। ८-१० सय को लागि पछि लाग्नेहरु झन् २०-२५ हजारको लागि पछि पर्ने छैनन। हात बानेर बसेर केही हुदैन खान वा बाटोमा माग्नेले पनि हात फूर्तिका साथ फुकाउन पर्छ। डोकोमा दुध दुहुन सकिदैन केहि गर्नु पर्छ दुध थाप्ने भाँडो त जोहो गर्न्नै पर्छ। हरेक नेपालीको हातमा रु २०-२५ हजार पर्ने भए पछि सम्पुर्ण जनताले साथ दिनु हुनेछ। सो सम्बन्धि बिस्तृत कुरा १०- १५ दिन भित्र सबैको सामु प्रस्तुत हुनेछु ।

अहिले त मौद्रिकनीति बारेमा चुप लाग्नु राम्रो होइन भनि मात्र पस्केको हो।

ऋण छात्रबृतिको कुरा के भएछ भन्नेको कुरामा झन् बृहद हुने कुरो भएको छ जसमा तीन बर्ष भित्र बृत कोषमा जम्मा हुने रकम अर्थात् रु २०-२५ हजारको को ५ -१० प्रतिशत आफनो वार्डमा ऋण छात्रबृतिको कोष स्थापना गर्न सकिन्छ। नपाउने रकम पाएको २०-२५ हजार पाएको बेलामा ऋण छात्रबृतिको आफनै वार्डको ऋण छात्रबृति लागि शुरुवात गरि केहि राहत दिन सकिन्छ। आमजनताले एक जुट भै सहयोग गर्नु हुनेछ। आफनो लाईआफै गर्नु पर्छ।

मेरो धारणाको प्रकाशित गर्ने, हेर्ने शेयर गर्ने अनि सुझाव दिने प्रति आभारी छु। अरु सहयोको अपेक्षा गर्दछु। ठूला नोट र क्रिप्टो दुवै सबैका दुश्मन हुन्। नेपालमा नोट हटाउनु नितान्त आवश्यक छ बैंक नभएको ठाउँमा झन् लागू गर्नु पर्छ र सकिन्छ। अमेरिका जस्तो देशमा पनि ठूला नोट हटाउनु पर्छ।

प्रतिक्रिया