मानवता सबैभन्दा ठुलो धर्म : पूर्वमन्त्री ढकाल

इनेप्लिज २०७८ साउन २५ गते १७:३४ मा प्रकाशित

काठमाण्डौ । बैकल्पीक लोकतान्त्रीक शत्तिको रुपमा नेपाली राजनीतिकमा चिनिएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मानवता सबैभन्दा ठुलो धर्म रहेको बताएका छन् ।

प्रदेश नम्बर २ को आठ वटै जिल्लाको भ्रमणमा रहेका ढकालले आइतबार सिराहा जिल्लाको गोल बजारमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा बोल्दै नेपाल एक बहुसांस्कृतिक तथा विविधता युक्त मुलुक रहेको बताउँदै आपसी सदभाब, सह–सम्मान र सह–अस्तित्वले नै नेपाली राष्ट्रियता बलियो हुने जिकिर गरे ।
अध्यक्ष ढकालले कोभिड–१९ पिडित गरिब तथा असहाय विभिन्न व्यक्तिहरूलाई राहत स्वरूप खाधान्य सामग्री पनि हस्तान्तरण गरे ।

मानव अधिकारकर्मी श्याम कुमारी शाह तथा उत्तिम लाल मेमोरियल अस्पतालकी डाक्टर सुशिला सिंहले उपलब्ध खाद्य सामाग्रीले मधेशका अति बिपन्न परिवारलाई ठुलो राहत मिलेको भन्दै धन्यवाद दिईन । परिवार दलका प्रबक्ता सन्तोष पौडेलका अनुसार विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा प्रदेश नम्बर २ को सबै जिल्लामा राहत सामग्री अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा सफलतापुर्बक वितरण गरिएको जानकारी दिए ।

राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकाय, मानबअधिकारकर्मी तथा नागरिक अगुवाहरुको पनि उपस्थिति रहेको थियो । राहत सामग्री हस्तान्तरण गर्न नेता ढकाल पर्साको बाइपास रोड, वाराको कलैया, रौतहटको बरुडा, सर्लाहीको नवलपुर, धनुषाको गोदार र ठेराकचुरी, महोत्तरीको मटिहानी, सिरहाको लाहन, सप्तरीको महुवा बेलही र राजविराज पुग्नु भएको थियो । दलका प्रवता पौडेलका अनुसार करिब १००० घरपरिवारलाई एक महिनालाइ पुग्ने गरि राहत उपलब्ध गरिएको बताए ।

परिवार दलले राहत वितरणमा सहयोग गर्नु हुने स्थानीय प्रशासन, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्था तथा स्थानीयहरुमा धन्यवाद ज्ञापन गरेको छ ।

दलले यसअघि पनि देशै भरी हजारौको संख्यामा राहत बितरण गरेको थियो भने फन्टलाइनमा खटिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया