अब खल्ती बाट टिभिएस को जुनसुकै सवारी साधनहरुको किस्ता शुल्क भुक्तानी गर्न सकिने

इनेप्लिज २०७८ साउन २५ गते ११:२२ मा प्रकाशित

अब खल्ती बाट टिभिएस को जुनसुकै सवारी साधनहरुको किस्ता शुल्क भुक्तानी गर्न सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट ले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स सँगको सहकार्यमा टिभिएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याईएको हो।

खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएस को मोटरसाईकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्न सक्ने भएका छन्।

खल्तीले ग्राहकहरुको सहजताको लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेका छ जस मार्फत ग्राहकहरुले युनियन पे सँग आवद्द बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन्।

उक्त सेवा सम्बन्धमा मर्चांन्ट एक्युजिसन का वरिष्ठ अधिकारी, सजनी महर्जनले बताउनुभयो,

“खल्तीको स्तरिय सेवा मार्फत ग्राहकहरुको जीवन पद्धतिलाई सरल बनाउन हामीले यो विकल्प बजारमा ल्याएका हौँ।सजिलै घरमै बसी टिभीएस सवारी साधनहरुको किस्ता तिर्न सकिने सुविधाको कारण यो सेवाप्रति धेरै ग्राहक महानुभावहरुको ध्यानाकर्षण भईरहेको हामीले पाएका छौँ “
खल्ती बाट टिभिएस सवारी को किस्ता शुल्क भुक्तानी गर्न :

खल्ती बाट टिभिएस सवारी को किस्ता शुल्क भुक्तानी गर्न :

• खल्ती को होम स्क्रिन मा हरेको “ईएमआई” आइकन मा ट्याप गर्ने
“जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट” लेखिएको ब्यानरमा क्लिक गर्ने
• अब सम्पूर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” बटनमा दबाउने

रु. ५००० भन्दा माथिको किस्ता तिर्नु परेमा प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ।

खल्ती डिजिटल वालेट

१९ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाइ डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ।’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली,पानी,इन्टरनेट तथा टिभीको बिल भुक्तानी,फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।

 

प्रतिक्रिया