व्यङ्ग्यम् एउटा नोटको आत्मवृत्तान्त

सञ्जय साह मित्र २०७८ साउन २१ गते २२:१० मा प्रकाशित

आजकालको जमाना आत्मवृत्तान्त लेखन्याको छ।आत्मवृत्तान्त लेखन्याले अनेक पुरस्कार पाउन्याको छ।चर्चा पनि चल्याको छ।मान्छेले पढन्याको छ।सबसे खुसीको बात त आफूलाई सन्तुष्टि मिलन्याको छ।मन हलुको हुन्याको छ।यसैले बुढ्यौलीमा धेरैले आत्मवृत्तान्त लेखन्याका छन्।कतिपयले के बुझन्या छन् भने आत्मवृत्तान्त लेखन्या चाहिँ ठूला हुन्याका हुन्।

जब ठूला हुन्याले आत्मवृत्तान्त लेखन्याका हुन् भने म भन्दा ठूलो को हुन्याको छ ?जो ठूलो हुन्याको छ,मेरै कारणले ठूलो हुन्याको छ।जसलाई मैले माया गन्र्याको छु,उही ठूलो हुन्याको छ।जसलाई मैले साथ दिन्याको छु,उही ठूलो हुन्याको छ।जब सबैलाई मैले ठूलो बनायाको छ भने सबैभन्दा ठूलो म नै हुन्याको छु भन्ने कुरो सबैले बुझन्याको हुनुपर्छ।

सबैले मेरो पूजा गर्याको छ।मेरो लागि काटमार गर्याको छ।सबै नियम कानुन मेरै लागि बन्याको छ।सबै नियम कानुन मेरै लागि तोड्याको छ।नियम लागू गराउन्या म चाहिन्याको छु,नियम तोडन्या म चाहिन्याको छु।मेरो बिना न धर्म हुन्याको छ न पाप।मेरो बिना न मानिसको जन्म हुन्याको छ र न मृत्यु।गर्भाधानमा म हुन्याको छु भने मृत्यु संस्कारमा पनि म नै हुन्याको छु।म लोकमा हुन्याको छु,परलोकमा हुन्याको छु अर्थात् मबिना लोक र परलोक अधुरो हुन्याको छ।देवता र देवी,समाजसेवी,जोगी र भोगी,सबै खाले रोगीलाई म चाहिन्याको छु।म कसरी यत्तिको महत्वपूर्ण हुन्याको छु?यसको उत्तर दुनियाले जान्याको जरुरत देख्याको छु।यसै परमार्थ र लोकको कल्याणार्थ मैले आफ्नो आत्मवृत्तान्त लेखन्याको हुँ।

वन्यलाई वन पनि भन्याको छ।वन भनेको जंगल र वन भनेको एक पनि हुन्याको छ।दुवै एउटै हुन्याका छन् र मेरै कुल–गोत्र बुझ्याका छन्।वनमा पहिले घाँस उम्रयाका हुन्,त्यसैले यसलाई कसैले वन भन्याका हुन्।वास्तवमा जमिनका वनस्पतिहरूमा हामी नै वन (एक) अर्थात् सबैभन्दा पहिले जन्म्याका हौँ।हाम्रै कुलका पुर्खाको जन्म सबैभन्दा पहिले भयाका हो।

अहम वन्य गोत्रस्य भवति भनेर हाम्रा पितापुर्खाले भन्दै आयाका हुन् । हामी सानैदेखि यो सुन्दै आयाका हौँ । यही बुझ्दै र बुझाउँदै आयाका हौँ । कागजी नोट जति हामी एकै गोत्र भयाका हौँ । संसारभर फैलियाको भयाका भए पनि वन्य गोत्रस्य नै हुन्याका हौँ । कालान्तरमा खेत कुलस्य पनि भयाका छौँ । वन्य गोत्रस्य खेते कुले म फ्याक्ट्रीमा जन्म्याको हुँ । मेरा पिता कागज हुन्या हुन् र मेरा पिता कागजका पनि पिता अर्थात् मेरा हजुरबा चाहिँ पराल हुन्याका हुन् तथा पिताका हजुरबा चाहिँ हरिया घाँस हुन्याका हुन् । किसानको खेतमा उब्ज्या घाँसबाट म जन्म्याका हुन्।साँच्चिकै माटा नै मेरी माता हुन् । माताभन्दा ठूलो कोही पनि नहुन्याका हुन्।

अनगिन्ती संख्यामा चाहिँ केही पनि नहुन्याका हुन्।खेत वा वन वा फ्याक्ट्री जहाँ पनि हामी एकैपटक अनगिन्ती (नभने पनि) संख्यामा उम्रयाका हौँ।खेत वा वनमा एक साथ अनगिन्ती घाँस उम्रयाका हुन् र जुन फ्याक्ट्री (उद्योगलाई फ्याक्ट्री किन भन्याका हुन् भने फ्याक्ट र ट्री मिलेर बन्याका हुन् अर्थात् वास्तवमा रुख हुन्)मा म जन्म्याको हुँ, त्यहाँ पनि एक साथ अनगिन्ती (मेसिनले गन्याको हुन्छ तर हामीलाई थाहा भयाको हुन्न)नोट छापन्या छ अर्थात् जन्माउन्या छ।छाप्ने जिनिसलाई प्रेस कह्याको छ।सृष्टिमा ब्रह्मा,विष्णु र महेशपछि चौथो कोही छ?सृष्टिको चौथो अंग यसैले प्रेस कह्याको छ कि त्यहाँ हामी छापन्या छौँ।ब्रह्मा, विष्णु र महेशपछि सृष्टिको चौथो अंग अहिलेसम्म घोषित छैन अर्थात् अघोषित नै छ ।यसैले सृष्टिका सबै नोटतान्त्रिक (लोकतान्त्रिक ?) देशमा प्रेसलाई अघोषित चौथो अंग मान्यता मिल्याको छ।आखिरमा प्रेसमा कागज छापन्या न हो।उही कागजको विभिन्न रूप प्रेसमा छापन्या छ।एक रूप म पनि हुन्याको हुँ। कागजको सन्तान हन्याको हुँ,कागज मेरो पिता हुन्याका हुन्।मेरो डिएनए टेस्ट गर्दा यही मालुम हुन्याको छ।

म विदेशको फ्याक्ट्रीमा जन्म्याको हुँ तर शुद्ध स्वदेशको हुँ।मेरो सबै पहिचान राष्ट्रिय नै हो।हामी जहाँ जन्मे पनि जुन देशको लागि जन्म्याको हुन्छौँ,सोही देशको पूर्ण स्वदेशी भन्याको हुन्या छ।

फ्याक्ट्रीमा जन्मेर प्लेन चढी बैंकमा पुग्न्याको हुँ।त्यहाँबाट गाडी चढेर कौन कौन बैंक हुँदै दशैंको समयमा एक मानिसको हातमा प¥याको हुँ।त्यहाँबाट बाहिरको संसारको दर्शन गर्न पायाको हुँ।

ती मानिसले आफ्नो खल्तीमा मलाई बोकन्याका हुन्।खल्तीमा अलिकति अप्ठ्यारो महसुस हुन्याको छ।त्यसपछि म दराजमा केही दिन थन्क्याउन्या छु।अनि टीकाको दिन एक कर्मचारीको हातमा पन्र्याको छु।कर्मचारीका सासुले मलाई हस्तान्तरण गन्र्याकी हुन्।कर्मचारीले मासु किन्याका हुन् र म एक छिन मासुको गन्धको बीच बस्नु पन्र्यापछि गन्धले म मैलो हुन्याको हुँ।मासु पसलेले मलाई एक महिलाको हातमा फिर्ता दिन्याका हुन्,तिनले मलाई नयाँ देखन्या भएर धेरै माया गन्र्याका हुन् तर एकै छिनमा फेरि टीका लगाएर सानो छोराको हातमा दिन्याका हुन् । अनि म सानो पर्समा कोचन्याको छु।सानो पर्समा मेरो साँसै रोकन्याजस्तो हुन्याको थियो।त्यही पहिलोचोटि मलाई बीचैबाट दोब¥याको थियो जसले गर्दा मेरो ढाड भाँचिएको जस्तो भयाको थियो।

एउटा बिस्कुट पसलमा म पुगन्या हुन्छु।बिस्कुट पसलेले बसको भाडा तिर्दा कन्डक्टरको हातमा पुन्याको हुँ।धेरै किसिमका नोटसित एक छिन बस्न नपाउँदै म फेरि ज्येष्ठ नागरिकको हातमा पुगन्या हुन्छु।त्यहाँबाट खैनीको दोकानमा पुग्न्या छु।खैनीको दोकानबाट एकको हातमा फिर्ता भयाको भएर दारु दोकानमा पुग्न्याको छु।दारु दोकानको तमासा बहुत गजबको हुन्याको छ।त्यहाँ त सानो नोटको भैलु नै नहुन्याको छ।आफ्नो इज्जत नहुन्यापछि दुःख भयाको थियो तर त्यत्तिबेला विचार गन्र्याछु कि सबैभन्दा इज्जतदार त मै हुन्याको छु।मुखले जतिसुकै कुरो ग¥या भए पनि पैसाकै लागि सबैले केही ग¥याका हुन्।

दारु दोकानबाट एकजना कन्जुस हातमा पुग्न्याको छु।कन्जुसले मलाई अझै नयाँ देखेर खूब सुम्सुम्याउन्याका हुन्।उनको हातको मयलले म फोहोर भयाका हुँ। केही समयपछि म कन्जुसको हातबाट एउटा पुलिसको हातमा पन्याको छु।
मोटरसाइकल चलाउँदा कन्जुसले हेलमेट नलगाएकोले जरिवानामा म पुग्याको हुँ ।कस्तो अचम्म,कसैको गल्ती भया पनि वा कसैले धेरै राम्रो गन्र्या भया पनि दण्ड र पुरस्कार दुवैमा म पुग्याको हुन्याको छु।

म कहाँ कहाँ पुग्न्याको छुइन।अनेक गाम देखन्याको छु,अनेक ठाम पुगन्याको छु,अनेक मानिसको संगतमा पन्र्याको छु।सबैभन्दा महत्वपूर्ण कुरो त सबै धर्म, जात,संस्कृति,लिंग,वर्ण र वर्गमा समान पहुँच राख्न्या पायाको छु।मेरो लागि कुनै देउता,जात,धर्म र वर्ण वा वर्गको भेद छैन।समाजवाद,साम्यवाद सबै वाद र सिद्धान्तमा मेरै पूजा हुन्याको छ।पूजक र पुजित,सेवक र सेवित मात्र नभई ईश्वर र भक्तसम्म मेरो समान मान हुन्याको छ।सूर्योदयदेखि चन्द्रास्तसम्म,उज्यालोदेखि अँध्यारोसम्म मेरै खोजी हुन्याको छ,मेरै शरणमा पन्र्याको छ।रोग,शोक र भोकको औषधि मै भयाको छु।लोभ र निर्लोभको तराजु भयाको छु।

म आफैमा दर्शन भयाको छु।दर्शनमा जुन दाम चढाउन्या छ,त्यो मै हुन्याको छु।अनि त दाम देखेपछि देउताका पनि तीन नेत्र भन्याका हुन्।

यति गुण सम्पन्न म भयाको छु,यति मान सम्मान हुन्याको छ मेरो तर एउटा मात्र कमी रह्याको छ ममा।यति चलायमान हुन्याको नोटमा बोली नहुन्या चाहिँ ठूलो कमजोरी बन्याको छ।यदि कसैले कुनै डिभाइस लगाएर ममा बोलीको विकास गर्याका हुन् भने म त ककसको कस्तो कस्तो पोल खोलन्या हुँ कि दुनियाँमा सबैलाई सबै कुरा मालुम हुन्याको छ।अहिलेसम्म दुनियाले बोलन्याको छ र मैले सुन्याको छु तर जब नोट बोलन्याको हुन्छ तब सबै सुन्याको भयाका हुनेछ केवल नोटले मात्र बोलन्याको हुनेछ।

अब म ज्यादै बूढो हुन्याको छु।झन्डै दश वर्षको उमेर हुन लाग्न्याको छ।कति युग देखिसक्याको छु।मेरो उमेरको नोट अब कतै भेटन्याको छैन।अब म मुक्ति खोजन्याको छु।कुनै दिन बैंकले मलाई कतै जलाई मलाई मुक्ति दिने आशा मनमा भयाको छ।यदि कसैले मलाई गंगामा बगाइदिन्या छ भने ठूलो पुण्य प्राप्ति हुन्याको छ वा बैंकले विधिपूर्वक दागबत्ती दिएर खरानी पार्याको समयमा पूर्ण मुक्ति पाउन्याको हुँ।

-सञ्जय साह मित्र

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया