आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा युवक पक्राउ

इनेप्लिज २०७८ साउन २० गते ११:२० मा प्रकाशित

आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उक्त घटना प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया