कर्णालीमा डुंगा दुर्घटना:एकको मृत्यु,तीन अझै बेपत्ता

युगअस्त्र समाचारदाता २०७८ साउन १७ गते १३:५१ मा प्रकाशित

धनगढी,साउन १७÷¬कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।भने बेपत्ता तीन जना अझै फेला परेका छैनन्।

कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले बताउनु भयो।

‘बेपत्ता भएकाहरुको खोजी कार्य जारी नै छ,घटनास्थलदेखि तीन सय मिटर तल एक महिलाको शव फेला पारेका छौं,’इन्चार्ज कुमालले भन्नुभयो म सहित चार जनाको टोलीले निरन्तर खोजी गरिरहेका छौं।’

‘सन्तुलन नमिलेर डुंगा दुर्घटना भयो,घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीका इन्चार्ज कुमालले भननुभयो,‘सुत्केरी खोप लगाउन हिडेकी २२ वर्षीया धनसरी सलामीको मृत्यु भएको छ,उनका २४ दिने छोरा कर्ण सलामी मगर र ४ महिनाको सुसान्त आले मगर घाइते छन्।घाइते मध्ये कर्ण सलामीको सोल्टामा र सुसान्तको बिजौरामा उपचार भइरहेको छ,अन्य चार जना सकुशल छन्।’

वेपत्ता रहेकाहरुमा २० बर्षीया पार्वती थापा मगर,२२ बर्षीया इन्द्रा सलामी मगर र उनकी १० दिने छोरी प्राप्ती सलामी मगर रहेका छन्।

घटनास्थलमा सुर्खेतको बाबियाचौर र कैलालीको सुगरखालबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार थालेको छ।

कैलालीको मोहन्याल गाउँपालिका—३ राँगा मलेखा र सुर्खेतको चौकुने गाउँपालिका—४ बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० डुंगा पल्टिँएको थियो।


उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

राँगा मलेखाका नागरिकहरु पुल नहुँदा डुंगा चढेरै बिजौराबाट सेवा लिने गरेका छन्।हरेक महिनाको १७ गते बालबालिका तथा गर्भवती महिलाहरुलाई ‘बिजौरा स्वास्थ्य चौकीमा’ खोप लगाइन्छ।माहोन्याल गाउँपालिकाको स्वास्थ्य संस्था,विद्यालय र बजारसम्म जान यहाँका नागरिकहरुलाई एक दिन लाग्ने र बिजौरा आउन आधा घण्टा लाग्ने भएका कारण दैनिक उपभोग्य सामग्री र अन्य सेवा सुविधा बिजौराबाटै लिने गरेका छन्।

‘कैलालीको मोहन्याल गाउँपालिका—३ राँगा मलेखाबाट सोल्टा स्वास्थ्यचौकी जान गाडीको व्यवस्था छैन,हिंडेर तीन घण्टा लाग्छ स्थानीय सिता देवी थापा मगरले भन्नुभयो,‘तर सुर्खेतको चौकुने गाउँपालिका पुग्न आधाघण्टा मात्र लाग्छ त्यसैले स्वास्थ्य सेवाका लागि हामी चौकुनेनै पुग्ने गरेका छौँ,तर कर्णाली नदीमा पहिलो पटक दुःखत घटना भयो।’

‘सडक भएको भए हामी खोप लगाउन अर्काे प्रदेश पुग्नु पर्ने बाध्यता हुन्थेन, अर्की स्थानीय हिरादेवी सर्लामी मगरले भन्नुभयो,‘हामी त विकट क्षेत्रका मान्छे हाम्रो गाउँपालीकामा केही सुविधा छैन,बालबालीकालाई र सुत्केरी महिलालाई खोप लगाउन कर्णाली पारी जाँदा यस्तो घटना भयो।’

यसअघि गत शुक्रवार चिसापानीको जीर्ण सडकमा गुडिरहेको गाडी अनियन्त्रित भई कर्णाली नदीमा खस्यो।मोहन्याल गाउँपालिकाको चिसापानी–सोल्टा सडकखण्डको अवस्था जीर्ण हुँदा जीप कर्णाली नदीमा खस्दा त्यसमा सवार एकै घरका पाँच जना मध्ये दुई जना नदीमा अझै बेपत्ता छन्।

 

 

 

प्रतिक्रिया