कबिता : चोर्यो यो मन

शारदा केसी २०७८ साउन १७ गते १०:४८ मा प्रकाशित

त्यो मृग तृष्णा नयनले चोर्यो यो मन
चट्टान सरि कडा मुटु लजालु ओठ
फुर्यो मुस्कान !

मुस्कान पनि कुहिरो झैँ फुस फुस्किएको
केस हेर्दा झन् नै राम्रो जुरेली झैँ उठेको।

झट्ट हेर्दा लोभै लाग्दो थियो तिम्रो रुप
हिमाल जस्तै दन्ते लहर टक्क मिलेको

बत्तीस लक्षण युक्त दिप झै बलेको
मुस्कुराउथ्यौ लजालु ओठ झनै सुहाएको

वरदान नै पाएको रहेछौ सर्व गुणी भरिपूर्ण
जस्तै थियौ तामा मुना थिएन केही अपूर्ण

त्यो बोली भित्र भेटिन्थ्यो नशालु भाव
रुझन मनमा उत्साह जाग्यो पानी घाम

साधा सिधा सोभर अनि थियौ जस्तै राम
प्रख्यात थियौ लिन्थ्यो लोकले तिम्रो नाम

त्यो मृग तृष्णा नयनले चोर्यो यो मन
चट्टान सरि कडा मुटु लजालु ओठ
फुर्यो मुस्कान !

प्रतिक्रिया