गैर आवासीय नेपाली संघ चिलीमा नयाँ कार्यसमिति ,भट्टराई बने अध्यक्ष

इनेप्लिज २०७८ साउन १७ गते १०:३५ मा प्रकाशित

दक्षिण अमेरिकी मूलुक चिलीमा गैर आवासीय नेपाली संघको अध्यक्ष पदमा कृष्ण चन्द्र भट्टराई निर्वाचित भएका छन । उनले ९४ मत प्राप्त गर्दै उक्त पदमा निर्वाचित भएका हुन् ।

यसैगरी महा सचिवमा सामुअल सुनुवार ८५ मत प्रस्प्त गर्दै बिजयी भएका छन् भने कोषाध्यक्ष नबिन निश्चल गुरुङले १०० मत प्राप्त गर्दै बिजयी भएका छन् । त्यस्तै एनसिसि युवा संयोजकमा मन बहादुर राईले ९८ मत प्राप्त गर्दै बिजयी भएका छन् ।

उक्त जानकारी गैर आवासीय नेपाली संघ अन्तररास्ट्रिय समन्वय समितीका क्षेत्रीय संयोजक राजन त्रिपाठीले दिएका हुन् । उनको क्षेत्र चिली पनि पर्दछ । उनले जुम मार्फत उनीहरुसंग पनि कुराकानी गरेको जनाएका छन् ।

 

प्रतिक्रिया