श्रावण १५ खीरखाने उत्सब !

डिग बहादुर तामांग, भेडापू, दोलखा २०७८ साउन १५ गते ०:४१ मा प्रकाशित

राजा त्रिभुवनले भन्नु हुन्थ्यो रे के उनले दूध भात पनि खान पाएन छन् ? नेपालीहरुलाई,दहि चिउरा खान आषाढको पन्ध्रनै आउनु पर्ने हो र ? अनि खिर खान श्रवाणको पन्ध्र आउनु पर्ने किन ? सायद गरिबी रेखा मुनि बसेर होला,यस्ता खाले उखान टुक्का  अमेरिकाको जनताले सुन्यो भने मरिमरि हास्लान,हुन त यिनिहरुले अहिले दहि चिउरा,खिर देख्नु र खानु,भारतीयहरु र नेपालीहरुको आगमनले, देख्न पाएका छन् दहि चिउरा त काहाँ देख्नु पाउनु र ?

यो छोरी बढ्लिन्,कमाई गर्लिन्,दूध–भात देलिन् मलाई हेर्नु होस् हाम्रो समाजको आसा पनि कस्तो .यस वाक्यांश नेपालीजनको वार्तालापमा पुस्तौँ पुस्ता चलिआएको छ।छोराछोरीको माया र खिरको स्वादलाई एउटै दैलोमा राखेर तुलना गरिएको छ।खिरको महत्व अनि त्यसको स्वाद सन्तानको माया र आत्मीयतासँग गाँसिएको छ।यहाँहरूमा खिर खाने दिवसको खिर खाए पनि नखाए पनि श्रावान १५ को शुभकामना।

प्राय गरि खिरको परिकार क्षेत्री बाहुन नेवारहरुले खाने परिकारमा पर्छ,सुद्द भोजनमा पर्ने परिकार हुन् खिर।

दूध–भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूध–भात संग संख्खर अथवा गुँडको संयुक्त पाकपछि तयार हुने परिकार हो,खिर।सकेसम्म वासमती अथवा तराईतिर पाइने करिया चामल होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफू सँग भएको चामलमा दूध हालेर किसमिस,काजू,नरिवल जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ।

नेपाली चलनचल्तीमा खिर विभिन्न उत्सव,चाडबाड,पूजाआजा,विवाह,व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ।यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरू बीच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ।साल या भोर्लाको ठुल ठुला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरूले गाँसेर बनाइएका हरिया दुना–टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्यो सँगै सेलरोटीको नामै मात्रले पनि हामी मध्ये धेरैको जिब्रो रसाएर आउँछ।

मानव सभ्यता सँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ।यसबाट बन्ने कैयन मीठा परिकारहरू विशेषतः शुद्धता,स्वास्थ्य र विशिष्ट स्वादका लागि विश्व समुदायमै प्रिय बन्न सफल छ।

यस्तै परिकारहरू मध्ये अन्न र दूधको अनुपम सम्मिश्रण यस परिकारमा भोजन,पोषण यसको आकर्षण हो।सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरूले प्राचीनकालमा गरेको समुन्द्र–मन्थन सँग सम्बन्धित छ।त्यतिबेलादेखि अझसम्म दूधलाई शुद्धीकरण गर्ने तत्व र पोषण मिसिएको बहुगुणी अमृतकै रूपमा लिइन्छ।

भन्ने गरिन्छ उहिलेका मानिसहरु लेखे र पनि राखेका छन।

आर्युवेदमा समेत खिरलाई प्राचीन भोजनका रूपमा ब्याख्या गरिएको छ।खिर शब्द पनि संस्कृत शब्द ‘क्षिरमा’बाट आएको मानिन्छ।क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ।रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वका रूपमा सेवन गरिने चलन छ।यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ।वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ।
खिरखाने हरुमा किन कौरब र पाण्डबका सन्तान पर्दैन ? किन खाली भगवान कृष्णको मात्रै बर्णन गरिन्छ,सायद ठुलाबडा भागमा पर्ने भएको ले होला।
भगवान् श्रीकृष्णले एक दिन साधारण साधुको भेषमा बदलिएर एउटा राजा सँग बाघचाल खेल्न जानुभएको र जितको बदलामा मन्दिरहरूमा निःशुल्क गरिब दीन–दुःखीहरूलाई खिर खुवाउने शर्त राख्नुभएको थियो।उक्त बाघचाल खेलमा भगवान् श्रीकृष्णले राजामाथी विजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीन–दुःखीहरूलाई खिर प्रसादका रूपमा बाँड्ने चलन छ।दक्षिण भारत,बङ्गलादेश,मालदिभ्स,सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ।

दक्षिण एसिया को

पानी प्रसस्त पर्ने,श्रावण महिनामै आराध्यदेवले, देवता र राक्षसको समुद्र मन्थन गरेरे निस्केको कराकुल बिषले संसार ध्यवस्त पार्ने अबस्थामा,निस्केके बिषलाई शिवजीले निल्न लाग्दा पार्वतीले घाँटी च्याप समाते पछि,बिष घाटीमै बसेपछि निलकण्ठ नामले सुसोभित भएकोले पनि हुनाले श्रावण महिनाको महिमै अर्को।

हामी संस्कृति र संस्कारमा साँच्चिकै धनी छौँ।खिर खान कुनै कार्य या उपलक्ष्य नै कुर्न पर्छ भन्ने पनि छैन।यद्यपि श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ।अर्थात् श्रावणको मध्यबिन्दु खिरका लागि प्रचलित छ।

रोपाई सकिन आँट्यो या चलिरहेको रोपाई सँगै यो दिनलाई खिर कैँयन दशक देखि स्वादिलो बनाउँदै आएको छ।श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँस प्रशस्त हुन्छन्।जुन लैनो गाई तथा भैंसीहरूले अत्यन्त मन पराउने गर्छन्,जसका कारण प्रशस्त दूध पनि दिन्छन्।दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ।

अनि दूध ल्याउनु भयो त खिर बनाउन ? आज त दूधको ब्यापक बिक्री हुन्छ नेपालमा।बिहानैदेखि दूध पसलहरूमा भीडभाड हुने गर्छ।आफ्ना लागि खिरको जोहो गर्न नभुलौ है ल है,शहरतिर हो भने त डेरीमा अरू दिन ३–४ बजे सक्किने दूध बिहान ९ नबज्दै सक्किएला।ढिलो हुँदा नपाइएला न।

लगभग रोपाईँ सकिसकेको अवस्थामा छ यसपाली।बालीनाली सप्रियोस्।मानो खाएर मुरी उब्जाउन सकियोस्।असार र साउनको दुःख मंसिरमा प्राप्त हुन्छ,सुख ।आनन्दको रूपमा परिणत होस् अनि मुख्य कुरो खिर जस्तै सेतो स्वच्छ र मीठो विचार हामीमा बनिरहोस्।

-संकलन डिग बहादुर तामांग

प्रतिक्रिया