बाबु ,आमा र छोरा – नियतिबाद भित्रको कलुषित परिबन्ध

विकाश थापा २०७८ साउन १४ गते २२:२७ मा प्रकाशित

पूर्बस्मृति विश्लेषण पद्दतिको प्रयोग गरि अनौठा घटना क्रमहरूलाई यथार्थ परक ढंड्गले परिकल्पना गरि नेपाली साहित्यमा वी पी कोइरालाले लेख्नु भएको एक दारूणिक कथा बस्तु बोकेर नेपाली साहित्यमा उभिएको दुर्लभ उपन्यास हो भन्न सकिन्छ बाबु,आमा र छोरा । यस कृतिमा उहाँले जीवित बर्तमान समयावधिको मात्र होइन सुदूर भविष्य पनि प्रत्येक मानिसको मानसपटलमा अविस्मरणीय ढंड्गले रहिरहने कालजयी बस्तु तथ्यलाई उजागर गरिदिनु उहाँको उच्चतम साहित्यिक चेत हो । नेपाली साहित्यको आख्यान क्षेत्रका हस्ति वी पी को भाषाशैलि,प्रस्तुतीकरण,यौन प्रति उहाँले हेर्ने दृष्टिकोण र मान्यता ,समाजको मनोविज्ञान एउटा साधारण मतिष्कले सोच्ने र गर्ने सामान्य चिन्तन भन्दा निक्कै माथि र बिशिष्ट छ । जीवनका बिभिन्न कालखण्डमा बिभिन्न किसिमका राजनीतिक चालबाजिको शिकार भए पनि आफ्नो साहित्यको यो उच्चतम चेतलाई जोगाई राखेर नेपाली साहित्यमा यस्ता उच्चतम कृति दिन सक्नु उहाँको महान देन हो । एक महान बिचारक र राजनीतिमा एक महान उचाई लिएको ब्याक्तित्वले लेखेको आख्यनमा राजनीतिको “र “समेत घुस्न नदिनु उहाँमा कति सम्म उच्चतम साहित्यिक ज्ञान,बिवेक र चिन्तन रहेछ यही बाट प्रष्ट हुन्छ ,उहाँको महानता र चेतनाको उचाई । त्यसैले त उहाँलाई महामानव भनिएको होला ! यो बहसलाई अहिले यहि छोडौ ।

संस्मरणात्मक शैलिमा लेखिएको यो उपन्यासका पात्र बुढा बस्नेतकी पहिलो श्रीमतिले दोस्रो सन्तानको रुपमा छोरिको जन्म दिएपनि बिडम्वना सुत्केरीबाट राम्रो सँग तडग्रिन नपाउँदै छोरिको मृत्युले कारणले उनी झन् रोगी र कमजोर बन्न पुगिन् । त्यही रोग र त्यही शोकनै अन्तमा उनको मृत्युको कारण बन्यो । आफु अब बाँच्दिन भन्ने आभाष भईसके पछि आफु जीवित हुँदैमा आफ्नो श्रीमानलाई उनले पटक पटक दोस्रो विबाह गर्न आग्रह गरिन तर बुढा बस्नेत मानेन् । हाम्रो समाजमा स्त्रीले पतिको चितामा सती गएका कथा र यथार्थहरू त धेरै छन् । तर एक पुरूष पत्नि प्रेममा आफुलाई सेलाएर श्रीमतिको रोगको चिसो चित्तामा क्षण क्षणमा आफुलाई सेलाएर राखेको जेठी श्रीमतिलाई भने पटक्कै मन परेको थिएन।तर पनि बुढा बस्नेत बिबश थिए । आफ्नो प्राण भन्दा प्यारी श्रीमति जीवित रहँदैमा कान्छि श्रीमति ल्याएर कसरी आफु मस्तिमा रम्न सक्थे र?त्यसैले उनी अनिर्णयको दासी बनिरहेका थिए जेठी श्रमितिको अगाडी । तसर्थ मेरो बिचारमा
उहॅाका उपन्यासहरूमा बिकृत समाजको बिश्लेषण मात्र छैनन् यि भित्रयथार्थमूलक,मनोविश्लेषण,मानवतावादी,अस्तित्वमुलक,यौन ,नियतिवादी र समाजको मानवेतर अस्तित्ववादलाई स्वीकार गरिएर लेखिएका छन् र यो उपन्यास पनि यिनै बिषय बस्तुको वरिपरि घुमेको छ । पूर्वीया दर्शन र मौलिक चिन्तनलाई कोइरालाले आफ्ना प्रत्येक उपन्यासमा स्थान दिनुले उनी पूर्वीया दर्शन र फ्रायडवाद बाट निक्कै प्रभावित थिए भन्ने कुरा मान्न त सकिन्छ तर उहाँ फ्रायडवादका अनुयायी नै हुन् भन्नु हाम्रो मूर्खता हुन् सक्छ । संभवत उहाँको आख्यानमा देखिएका दर्शनहरू यसैको प्रभाव हो भन्न थप अध्यन गर्नु पर्छ जस्तो मलाई लाग्दैन ।

उहॅाका उपन्यासहरूमा बिकृत समाजको बिश्लेषण मात्र छैनन् यि भित्र यथार्थमूलक,मनोविश्लेषण,मानवतावादी,अस्तित्वमुलक,यौन ,नियतिवादी र समाजको मानवेतर अस्तित्ववादलाई स्वीकार गरिएर लेखिएका छन् र यो उपन्यास पनि यिनै बिषय बस्तुको वरिपरि घुमेको छ “

जब जेठी श्रीमतिको मृत्यु र छोरालाई वनारस पढ्न पठाई सकेपछि एक्लो र नीरस जीवन बिताउँन बाध्या बुढा बस्नेत दोस्रो बिबाह गर्ने मनस्थितिमा पुगे पछि एकाएक उपन्यासको धटनाक्रमले बिचित्रको रूप धारण गर्ने पुग्छ । उपन्यसमा भएका अन्या पात्रहरू खासै चलायमान छैनन् । वनारस पढ्न गएको छोराले प्रेम गरि आफ्नै स्वईच्छाले स्वयंवर गरि गर्भवती समेत बनाएकी आफ्नै छोराको प्रेमिका उमा सँग बाबु बुढा बस्नेतको लगन गाँठो कसिन्छ । झट्ट हेर्दा असंभव जस्तो देखिए पनि यो कथा वस्तुमा निक्कै ठूलो दम र सत्यता पनि छ । संसारमा यस्ता घटनाहरू बाहिर प्रचारमा नआए पनि यस्ता घटना घटित नै छैनन् भनि किटानी गर्ने आधार हामी सँग छैन । उपन्यास नियतिको प्रताडनामा पिल्सिएका पात्रहरूको यथार्थ जीवन भोगाईको पृष्ठभूमि निक्कै संबेदनसिल ,रोचक र कौतुहलमय छ । मानव नियतिको प्रबलतम उदाहरण र कठोरतम दण्डको कलात्मक प्रस्तुति,चिन्तनमूलक , तर्कपूर्ण संस्मरणात्मक अभिब्याक्ति ,नियतिको खेल भित्र नारीका तीन मनोदशाको मिहिन अध्यान र विश्लेषण गरिएको छ । पहिलो शिवबस्नेतसँगको प्रेम र गर्भाधान,दोस्रो हो प्रौढ बस्नेत सँगको बिवाह र पुत्रप्राप्ति अनि तेस्रो हो आत्मिक पति शिब बस्नेत सँगको पु:न भेट । यी सबै उमाका लागी स्वैच्छिक चाहना नभए पनि नियतिका कठोर निर्देशन उनले जीवन भर पालन गरिन । चट्टान झै हरेक समस्याका अगाडी उभिरहिन । आफ्ना इच्छा,चाहना र उदेश्यलाई एकातिर पन्छाएर नियतिले फुलाएका हरेक गुराँसमा जीवनभर रंड्ग र सुगन्ध भरिरहिन् ।

कौतुहलमय बिषय बस्तुलाई मुख्या पृष्ठभूमि बनाई लेखिएको यो उपन्यास भित्र छोरो शिबप्रसाद नै मुख्या र सशक्त पात्र हो तर पनि शिबप्रसाद पुरै उपन्यास भरि छायमा राखेर पनि उपन्यासलाई शुरू र अन्त गरिदिन सक्नु बी पी को आख्यानिक क्षमता ,लेख्ने ,सोच्ने ,अभिब्याक्त गर्ने शैली असामान्य कला हो । उपन्यास सामान्य देखिए पनि प्रस्तुति र बिषय बस्तु अनौठा छन् । मुख्या केन्द्रीय पात्रको रुपमा छोरा भए पनि आमा र बाबुको चरित्रगत ब्याख्या बाध्यत्मक परिस्थिको ब्याख्या गर्दैमा उपन्यास सकिएको छ । उपन्यासले हाम्रो समाजको लागी अहिले पनि गम्भिर दुई प्रश्न तेर्साएको छ । उमाले यस समाजमा आफैले स्वैच्छिक रूपमा स्वयंवर गरी वरण गरेको पति शिव बस्नेत उनको बास्तविक पति मान्ने वा बाध्यत्मक परिस्थितिलाई स्वीकार गर्न लगाई परिवार र समाजले मान्यता दिएको बूढा बस्नेतलाई पति मान्ने ? समाज र पाठक हामी सबै यी र यस्तै प्रश्नको अगाडी सधै अनुरतित छौ । नारीजातिले यस संसारमा बाँच्नको लागी कस्ता सम्म बाध्यत्मक परिस्थिको सामान जीवनभर गर्न सक्छन् र कस्तो सम्म नाटक गर्न पनि बाध्य र बिबश हुनु पर्छ भन्ने कुरा देखाईएको उपन्यास पनि हो यो । तेह्र रात पहिले एउटा सुचितम देवत्वले उमाको गर्भमा प्राणप्रतिष्ठा पाईसकेको थियो । तसर्थ उमाको लागी यो बिबाहको परिबन्ध बाट उनमुक्ति पाउने एउटा मात्र बिकल्प वनारसमा आफैले गरेको स्वयंवरको कुरा सकिनसकि अन्तिम घडिमा आमालाई सुनाउँदै भन्छिन् – ” म गर्भवती छु आमा “तर बिवाहको लागी पहिल्यै उमालाई सोध्दै नसोधि सबै छिनोफानो भएर यति अगाडी बढिसकेको परिवार ,पारिवारिक इज्जत र सामाजिक प्रतिष्ठाको लडाईको अगाडी कुनै हालतमा उमाको बाबु,आमा र दाजु पछाडी फर्कने कुरै थिएन । छोरिलाई नसोधि पहिल्यै गरिएको निर्णय,सामाजिक परिबन्ध र छोरीलाई काठमाडौको ठूलो घर र सुख सयल दिलाउने लोभमा फसिसकेको परिवारले गर्नै नहुने पाप गरिसके पछि धार्मिक वेदनाले उमाकी आमा र उनको माईति बिबाह पछि चेतनाशून्या बन्नु पाप मात्र थिएन महाअपराध नै थियो । त्यही पीरले उमाकी आमाले पनि चाँडै नै मृत्यु वरण गर्नु पर्यो ।

“मानव नियतिको प्रबलतम उदाहरण र कठोरतम दण्डको कलात्मक प्रस्तुति,चिन्तनमूलक , तर्कपूर्ण संस्मरणात्मक अभिब्याक्ति ,नियतिको खेल भित्र नारीका तीन मनोदशाको मिहिन अध्यान र विश्लेषण गरिएको छ “

छोराको गर्भ बोकेर उसैको बाबुको कान्छि श्रीमती बनेर त्यही घरमा भित्रन पुगेकी उमा आफैले स्वयंवर गरेर बनारसमै गर्भ धारण गरिसकेको श्रीमानको बाबु हो र म उसैकी कान्छी आमा बनेकी छु भन्ने उमालाई पहिलो रात थाह नभए पनि यो समाजले एउटी निर्दोष गर्भवती बुहारीलाई उसैको ससुरा सँग बिबाह गराई कानुनि र संस्कारि मान्यता पनि प्रदान गर्यो । यो नै समाज र बहुमतको दुहाई हो । हामी अझै पनि यस्ता अपराधका संरक्षण कर्ता हौ । किनकी यो समाज आज पनि तपाई ,म र हामिनै मिलेर त बनेको छ । समाज र बहुमत सँधै सत्य हुँदैन यो उपन्यासको कथा बस्तु नै प्रमाण हो । यहाँ यो बिवाह भुलवस भन्दा पनि जबर्रजस्त भएको देखिन्छ तसर्थ कोइरालाले आफ्ना छोरि ,चेली ,दिदि ,वहिनीको बिबाह गर्नु भन्दा पहिला राम्रो सँग सोधेर सोचेर मात्र निर्णय लिनु भन्ने अर्कों महत्वपूर्ण सन्देश पनि नेपाली समाजलाई दिनु भएको छ । प्रत्येक नारीले आफ्नो विबाहको निर्णय स्वतन्त्र ढंड्गले आफैले गर्न पाए भने समाजले यस्ता दुर्घटना कहिल्यै बेहोर्नु पर्ने थिएन । कोइरालाले यो उपन्यास लेखेर समाजलाई दिन खोजेको चुरो कुरो नै यही हो । उहाँले कुनै पनि आफ्नो उपन्यासमा कथा मात्र भन्न खोज्नु भएको छैन एक महान बिचार पनि दिनु भएको छ । यो उहाँको साहित्य लेखनको सबैभन्दा बिशिष्ट र उच्चतम पक्ष पनि मान्न सकिन्छ ।

कोइरालाले यस उपन्यास भित्र मानव मनका सूक्ष्म मनवेगहरूलाई यथार्थवादी ढंड्गले उदघाटन् गरी हाम्रो समाजमा बिध्यमान रूढिबादी धारणाले ग्रसित यौन,सामाजिक कुण्ठा एवं बिसंगतिलाई अत्यन्त सरल र मार्मिक ढंड्गले प्रस्तुत गरिदिनु उहाँको अर्कों महानतम पक्ष हो । सायद मनोबिश्लेषण,अस्तित्ववाद र यौनलाई बिचारको एकै ठाउँमा ल्याएर प्रस्तुत गर्नु उहाँको नेपाली साहित्यको अर्कों नविन एवं शाहसिक धार थियो । जुन समयमा यो उपन्यास लेखिएको थियो त्यो समयमको नेपाली समाजमा यौनको बारेमा यति खुलमखुला ढंड्गले लेख्नु सक्नु चानेचुने कुरा होइन । अर्को कोइरालाको औपन्यासिक शिल्पविधान ,मनोविज्ञान समाजका यावत गुम्फन ,बिकृति ,अन्धविश्वास र रुढीवादीका बिरूद्द छन् । यथार्थ र अस्तित्ववाद उहाँको आख्यान लेखनको मुख्या जग नै हुन् । परम्परागत मान्यता,बिचार र आस्था माथिका खोक्रापनलाई नयाँ बाटो देखाउँदै नयाँ मान्यता ,नयाँ आस्था र नयाँ बिचार स्थापित गराउनु उहाँको सवल र सक्षम पक्ष हो । प्रेम ,यौन र सन्तोषको त्रिकोणात्मक सम्बन्ध देखाए पनि मूल कारण समाज रूढीग्रस्त हो । यस उपन्यास भित्र हरेक ठाउँमा पुरूष प्रधान र पारिवारिक हैकम किन देखिन्छ ? यस उपन्यासको मुख्य दोष भनेको आफ्नो छोरिको मनोभाव र ईच्छाहरू नै नबुझि ,नसोधि जबरजस्त बिबाह गरिदिने परिवार र समाजको कलेवर दोषि हो । उपन्यासले उठाएका यी बेजोड प्रश्नहरूको तीर पटक पटक किन हाम्रो रूढीग्रस्त समाज तिरै गएर नै ठोकिन्छन् ?

छोराको गर्भ बोकेर उसैको बाबुको कान्छि श्रीमती बनेर त्यही घरमा भित्रन पुगेकी उमा आफैले स्वयंवर गरेर बनारसमै गर्भ धारण गरिसकेको श्रीमानको बाबु हो र म उसैकी कान्छी आमा बनेकी छु भन्ने उमालाई पहिलो रात थाह नभए पनि यो समाजले एउटी निर्दोष गर्भवती बुहारीलाई उसैको ससुरा सँग बिबाह गराई कानुनि र संस्कारि मान्यता पनि प्रदान गर्यो ।

बुढा बस्नेत र उमाद्दारा आफ्ना जीवन यादव भोगाईका कुराहरू संस्मरण गराए उपन्यासको सुरु र अन्त यसै माध्यमबाट गरिएको छ । समाजमा दुई पति दुई पत्नि र अनौठो घटना क्रम मात्र उपन्यासको केन्द्र बिन्दु होइन । मनोवैज्ञानिक पक्षलाई पनि यस उपन्यासको अर्कों महत्वपूर्ण केन्द्र बिन्दु पनि मान्न सकिन्छ । उपन्यासकी मूल पात्र उमाको जीवनमा घटित घटना,उनको मानसिक संवेग र उनले भोगेको जीवनको यावत् चिन्तनलाई बिशेष महत्व दिएर नै यो उपन्यासको संयोजन भएको छ ,लेखिएको छ । जेठो छोरालाई देख्ने र भेट्ने उत्सुकता बोकेर बसेकी उमा आफ्नै स्वइच्छाले वनारसमा स्वयंवर गरेको पहिलो पति शिवप्रसादलाई नाताले छोराको रूपमा देख्न पुग्छिन् । यो उपन्यासको सबैभन्दा कठिन अवस्था नै यही हो । उमाले २२/२३ बर्षकै उमेरमा दुई दुई पुरूषको प्रेम त पाईन तर पनि उनी किन जीवनभर सन्तुष्ट रहन सकिनन् र उनको मन दुखिरह्यो ,पाकिरह्यो र रोहिरह्यो ? नारीको लागी प्रेम र पति सुखमात्र अवश्य पनि जीवन होइन रहेछ भन्ने कुरा यहाँबाट थप प्रष्ट हुन्छ । ह्दय भरी यस्ता पीडाहरू पोतेर बाध्याता र नियतिको आदेश स्वीकार्न आफ्नै छोरी ,चेलाहरूलाई किन विवश बनाईन्छ ? यही कुरालाई उपन्यास भित्र प्रमुख बिषय बनाई देखाउन खोजिएको छ ।

यस उपन्यास भित्र पनि कोइराला घुमिफिरी किन यौनकै चर्चामा पुग्छन् ? झट्ट हेर्दा यो उपन्यास भित्र पनि उनी यौनमय नै देखिन्छन् तर यौन भित्र उनले कसरी दर्शन,समाज ,समाजको यथार्थ र बिद्रोहलाई घुसाएका छन् । उहाँको यो अभिव्यक्त गर्ने शैलि निक्कै भिन्न र अदभुत छ । नेपाली समाजमा निक्कै पाखण्डपूर्ण ढंड्गले तिरिस्कृत यौनलाई उहाँले साहित्य लेखनको केन्द्रीय तत्व ,मुख्य हतियार र औजार नै बनाउनु भयो । यौन आफैमा बिवेकहिन छैन । विवेकहिन त मानिस हो । मानिसको बिचार हो । उत्तेजना हो । यौनको गलत ढंड्गले प्रयोग र ब्याख्या मानिसले गर्नाले नै समाजले यसलाई सकिनसकि तिरस्कृत त गर्यौ तर यौन विना मानव सभ्यता अगाडी बढ्न सक्दैन भन्ने कुरा बुझिबुझि पनि पटक पटक हाम्रो समाजले यसलाई बुझ पचायो । अर्कों तिर यौनको अगाडी मानिस जत्तिको लाचार ,उत्तरहिन र जिम्मेवार विहीन संसारका कुनै पनि प्राणि बनेको छैन आज सम्म । आजको आधुनिक समयमा पनि अझै यौन प्रति खुला ढंड्गले खुल्न् र बोल्न नसकेको समाजको चिन्तनहिन संभावित टिप्पणिबाट डराएर अव पनि कलम हल्लाउनु र लेख्नलाई हात कमाउनुको कुनै अर्थ र कारण कतै पनि देखिदैन । उपन्यासमा आफ्ना जीवनका अनुभव ,समाजका अनुभूतिहरू र यथार्थहरू लिपिबद्ध गर्दा त्यस समयको छाप पर्नु स्वाभाविक हो । यसलाई अन्याथा मान्नुमा बर्तमान समयको कुनै तुक छैन तर समाजमा दपिएर बसेका कयौ यस्ता तथ्यहरू यसरी उपन्यास मार्फत मुखारित हुनु समाजको लागी ठूलो शिक्षा हो । तसर्थ यस्ता तथ्यहरूलाई हामिले कहिल्यै भुल्नु हुँदैन । समाजको मनोविज्ञान निक्कै गहिरो ढंड्गले अध्यान गरेका उपन्यासकारको निजी अनुभव र अनुभूतिहरू उपन्यास मार्फत पोखिनु स्वाभाविक पनि हो ।

कोइरालाको औपन्यासिक शिल्पविधान ,मनोविज्ञान समाजका यावत गुम्फन ,बिकृति ,अन्धविश्वास र रुढीवादीका बिरूद्द छन् ।परम्परागत मान्यता,बिचार र आस्था माथिका खोक्रापनलाई नयाँ बाटो देखाउँदै नयाँ मान्यता ,नयाँ आस्था र नयाँ बिचार स्थापित गराउनु उहाँको सवल र सक्षम पक्ष हो ।

के नारी चारै यूगमा नियतिवादी नै बनेका हुन् त ? जे हुन्छ नियतिले गर्दा नै हुन्छ जस्तो परे र परिआए पनि नारीले सहेर चुपचाप जीवन भर सहेर बस्नु नै पर्छ भन्ने छ र ? किन सत्य युगमा अग्निकुण्डमा फाल हाल्न दक्षप्रजापतिलाई बाध्य पारियो वा उनी स्वईच्छाले फाल हानिन् ? त्रेता युगमा दुईजिऊँ की सीतालाई राजधर्मेको पगरि गुथेर भगवान भनिएका रामले सीतालाई कसरी एक्लै बनवास जान बाध्ये पारे ? द्वापर युगमा पाँच पाण्डवकी एक्ली श्रीमति बन्न द्रौपति कसरी बिवस भईन ? कलि यूगकी उमा अर्थात यस उपन्यासकी पात्रले आफ्नै श्रीमानको गर्भ बोकेर आफ्नै ससुरा सँग कसरी बाध्यतावस बिबाह बन्धनमा बाँधिन पुगिन र आफैले स्वयंवर गरेको आफ्नै श्रीमान कसरी नाताले जीवनभर अन्तमा छोरा बन्न पुग्यो ? यी चारै नारी चारै यूगका एक/एक प्रतिनिधि पात्र मात्र हुन् । यी सबै जबरजस्त समाजले थुपारेका अन्याय थिए वा नियतिले निर्देशन गरेका बाटा र पाटा मात्र ? नियतिले निर्देशन गरेको बाटो हिंड्नु सिवाय नारीको जीवनमा अर्कों कुनै बिकल्पनै नभएको हो त ? कोइरालाले अव यस्तो परिस्थितिमा उपन्यासको पात्र उमा झै चुपचाप सहनु हुँदैन । सहन थाल्यो भने उमाकै जस्तै नियति र बाध्यता भोग्न जीवनभर तयार हुनुपर्छ तसर्थ आफ्नो इच्छा र आफ्नो जीवनको अधिकार प्राप्त गर्नेको लागी नारीले समाजका यावत मान्यताहरू भत्काएर बोल्न र अगाडी बढ्न सक्नु पर्छ । बिद्रोह गर्न सक्नु पर्छ । दुस्साहस गर्न सक्नु पर्छ । यति नगरी समाज परिबर्तन हुँदैन । बिद्रोह र बिरोध नगरि समाजका नीच मान्यताहरू कहिल्यै भत्कँदैनन् । आफ्नो जीवनको निर्णय गर्ने अधिकार स्वंयम आफै सँग मात्र हुन्छ र हुनुपर्छ भन्ने कोइरालाको आम नारीहरूलाई दिनुभएको अर्कों क्रान्तिकारी दृष्टिकोण र प्रेरणा पनि हो । त्यसैलेत उपन्यास नारीमुलक बिषय राखेर बिश्लेषण गरिएको छ । तसर्थ पनि उपन्यास हरेक दृष्टिकोण बाट परिपक्व ,स्तरिय र शन्देस मुलक देखिन्छ उपन्यास बाबु,आमा र छोरा ।

बिकास थापा
हेरिसबर्ग ,अमेरिका

प्रतिक्रिया