पश्चिमी अफ्रिकाको कोटोरियल गुयानामा बिष्णुहरि सेढाई अध्यक्ष निर्वाचित

इनेप्लिज २०७८ साउन १४ गते ११:१८ मा प्रकाशित

मालाबो , अफ्रिका । पश्चिमी अफ्रिका स्थित समुन्द्र छेउमा रहेको सानो मुलुक इकोटोरियल गुयानामा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिती इकोटोरियल गुयनाको हिजो सम्पन्न तेश्रो बार्षिक साधारण सभाले बिष्णु हरि सेढाईलाई सर्वसम्मतिले अध्यक्ष निर्वाचित गरेको छ ।

निर्वाचन संयोजक तथा निवर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईका अनुसार निर्बिरोध निर्वाचित कार्यसमितिमा सुमन बिके उपाध्यक्ष , लव कुमार थपलिया महासचिव , प्रतीक थपलिया कोषाध्यक्ष चयन हुनु भएको छ । त्यसैगरी मानबहादुर कार्की, किशोर साह , कृपा शर्मा र बासुदेब सेढाई कार्यसमिति सदस्यमा निर्बाचित भएका छन ।

केन्द्रिय अनुगमनकर्ता रमेश प्रसाद त्रिपाठीका अनुसार उक्त सभामा मालाबो तथा बाटा शहरमा बसोबास गरिरहेका नेपालीहरुले प्रत्यक्ष एबम जुमका माध्यमबाट सहभागिता जनाएका थिए ।

सभामा बार्षिक कार्य प्रगती विवरण र आर्थिक प्ररिबेदनमा समेत छलफल गरि पारित गरिएको थियो । निर्वाचन संयोजक एबम निबर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईले नवनिर्बाचित अध्यक्ष लगाएत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराई कार्यभार हस्तान्तरण गर्नु भएको थियो ।

अट्ठाइसहजार बर्गकिलोमिटर क्षेत्रफल र चौध लाख जनसंख्या रहेको इकोटोरियल गुयाना प्रती व्यक्ती आयको हिसाबले अफ्रिकाकै सम्पन्न देश हो । जसको प्रती ब्याक्ती आय युएसडी २१,४४२ प्रती व्यक्ती रहेको छ ।

यसले कच्चा तेल , काठ, कफी र कोका निर्यात गर्छ ।

प्रतिक्रिया