माओवादी छाडेर एमाले प्रवेश गरेका चार नेताद्वारा सांसद पद पूर्नवाहलीको माग गर्दै सर्वाेच्चमा रिट दायर

इनेप्लिज २०७८ साउन १३ गते ९:४८ मा प्रकाशित

काठमाडौं।सर्वाेच्च अदालतले तत्कालिन नेकपालाई विघटन गर्दै एमाले र माओवादी पार्टी अलग अलग रहने आदेश दिएको थियो।तर पूर्व माओवादीका सरकारमा रहेका मन्त्रीहरुले माओवादीमा नगई एमालेमा गएपछि माओवादी केन्द्रले सांसद पद नरहने गरि कार्बाही गरेको थियो।

तर पछिल्लो समय एमालेमा रहिरहेका चार जना पूर्व माओवादी सांसदहरुले सांसद पद पूर्नरवहालीको माग गर्दै बुधबार सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।नेताहरु टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र बनेपछि चारैजना माओवादी छाडेर एमाले प्रवेश गरेका थिए।

त्यसपछि माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त गरिएको थियो।सांसद पदबाट मुक्त भएको तीन महिनापछि पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

प्रतिक्रिया