सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:१७
वासिङटन डिसी 17:32

छ सय तिहत्तर जना सङ्क्रमित थपिए

इनेप्लिज २०७८ साउन १० गते १५:१२ मा प्रकाशित

विराटनगर,१० साउन(रासस):प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।सो अवधिमा एक हजार ५८५ जनाको पिसीआर परीक्षण गर्दा ४५७ जनामा र ७६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९,सुनसरीमा ८५,इलाम र उदयपुरमा छ।,संखुवासभा र तेह्रथुममा चारचार, धनकुटामा तीन,खोटाङमा दुई,ताप्लेजुङ,पाँचथर,भोजपुरमा एकएक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको छ।

सोही अवधिमा यसपदेशमा आज ३५२ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् ।सङ्क्रमणमुक्त्त हुनेमा २०६ महिला र १४६ पुरुष छन्।यसैअवधिमा कोरोनाका कारण नौ जनाको मृत्यु भएको छ जसमा पाँच जना महिला छन्।

प्रतिक्रिया