खल्तीले ल्यायो मोबाइल टपअपमा नेपाल कै सबै भन्दा बढी १०% क्यासब्याक पाइने अफर

इनेप्लिज २०७८ साउन १० गते ११:३८ मा प्रकाशित

Khalti मा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १०% क्यासब्याक पाइने अफर खल्ती डिजिटल वालेट ले ल्याएको छ।खल्ती डिजिटल वालेट नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो।यो अफर टपअप सेवामा हालसम्म नेपाल कै सबै भन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको छ।

प्रयोगकर्ताहरुको लागि रहेको यस अफरले मोबाइल टप अप गर्न रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई न्युनिकरण गरि ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक, श्री शिरिष श्रेष्ठले बताए।

एनसेल,नेपाल टेलिकम,र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी रहेको छ सोहि नम्बर खल्तीबाट रिचार्ज गर्नपर्ने हुनेछ।साथै खल्ती केवाईसि पनि भेरीफाई भएको युजर खाता हुनपर्नेछ।

यो योजना श्रावण ७ देखि सुरु भइ सिमित समयावधि को मात्र लागि हुनेछ । क्यासब्याक हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम रु. १०० हुनेछ भने त्यसपश्चात् सामान्य रूपमा पाइने १% क्यासब्याक उपलब्ध हुनेछ। आफ्नो बाहेक अरुको नम्बर रिचार्ज मा पनि सामान्य रूपमा पाइने १% क्यासब्याक उपलब्ध हुनेछ।साथै रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए त्चबलकबअतष्यल ज्ष्कतयचथ मा पुरै क्यासब्याक पाएको देख्न सकिनेछ।

उक्त अफर सम्बन्धि, पाटन स्थित मकै पोल्दै गरेका खल्तीका एक ग्राहक, ललिता यादवले हामी सँग भन्नुभयो,“खल्ती बाट रिचार्ज गर्न सार्है सजिलो हुनेरहेछ। त्यसमाथि १० प्रतिशत क्यासब्याक पाउँदा मेरो पैसा र समय दुवैको बचत भएको छ”

१०% क्यासब्याक प्राप्त गर्नः
१. खल्ती एप को टपअप अप्सन मा गई खल्ती आइडिमा रजिस्टर गरिएको मोबाइल नम्बर र रिचार्ज गर्न चाहेको रकम दाखिला गर्ने
२.सबै विवरण ठिक भएको निश्चित गरि “ओके” बटन मा ट्याप गर्ने
१०% अफर सम्बन्धि थप शर्तहरु खल्तीको ब्लग मा गई हेर्न सकिन्छ।

खल्ती डिजिटल वालेट
१७ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ।’खल्ती’वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरुमा पैसा पठाउन सकिन्छ।साथै मोबाइल रिचार्ज,बिजुली,पानी,इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म,फोहोर व्यवस्थापन शुल्क,सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।

थप जानकारीको लागि +९७७–९८०१३०११६१ मा पूर्ण कुमार राना लाई सम्पर्क वा [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ।

प्रतिक्रिया