गर्भावस्थामा नछोपिदिएको भुँडीको चर्चा गर्दा

शशी के.सी २०७८ साउन १० गते १:३८ मा प्रकाशित

केही दिनदेखि नेपालमा नायिका प्रीयंका कार्कीले अहिले उनी गर्भावस्थामा रहेको बेला भुँडी नछोपेर,भुँडी देखिने गरिखिचेको फोटो सार्वजनिक गरेकोमा तहल्का मच्चिएको छ।हुन त नेपालका कलाकारका बिषयमा अनेक कुरा बेलाबेलामाचर्चामा आई नै रहन्छन्।र यिनीहरूका बारेमा सर्वसाधारणले चासो राख्न नखोज्दाखोज्दै पनि अहिलेको सुचना प्रवृधीकोजमानामा बिभिन्न माध्यमबाट थाहा पाई हालिन्छ।

रहयो फोटोको कुरा,उनी एक कलाकार र उमेर पुगेकी आधुनिक नेपाली नारी,उनले कति देखाउन हुन्थ्यो र कति छोप्नुपर्र्थ्यो त्यो चाहीं उनी नै जानुन।

यतिखेर नेपाली समाज हेर्दा एकातिर नॅंया पुस्ता झन् झन् आधुनिकता तिर जांदैछन् भने एक थरी पुराना पुस्ता झन् झन्पुरानो कट्टर जमानातिर।झन् जुन बेला देखि “नेपाल हिन्दु राष्ट्र रहेन” र हिन्दु धर्म मान्नेहरू पनि जानी / नजानी हिन्दु धर्मत्याग्न थाले।तब देखि त हिन्दु, सनातन धर्मको बारेमा बोल्ने पुराना पुस्ताहरू त अझै कट्टरतातिर लाग्दैछन्।

हो यी दुईथरीका अलग्ग र फरक बैचारिक धार राख्नेको कारणले गर्दा पनि उनको फोटो झन् चर्चामा आयो।फोटो हेर्दा कसैले ठिकै छ त गर्भावस्थामा महिलाहरू तेस्तै त हुन्छन नी देखे।कसैले आफु गर्भावस्थामा हुंदा सधैं भुँडी छोपिन्थ्यो,आफु पनि यस्तै देखिन्थे होला सोचे।कति बच्चाका बाउहरूले त बन्द कोठामा आफ्नो बच्चाको आमा हुन लागेकी श्रीमतीको छोपिएको भुँडी छामेको,भुँडीमा कान राखेर बच्चाको धड्कन सुनेको तर ओहो नछोपिएको भुँडी यस्तो पो हुने रहेछ भन्ने सोचे होलान्।र एकथरीले चाहीं भुँडी भन्दा पनि उनका देखिएका तिघ्रा सेक्सी देखे होलान्।

तर जे जस्तो भए पनि उनको फोटोले एकपटक सबैलाई महिलाले गर्भावस्थामा गुज्रने समयको झल्को चाहीं अवगत गराईदियो।गर्भावस्था भनेको लुकाउने कुरा हैन।बरू महिलाहरूले त्यो समयमा भोग्नु पर्ने मानसिक र शारीरिक परिवर्तनकोबारेमा खुलेर बहस गर्नु पर्ने देखायो।

अझ उनले युट्युबमा राखेको भीडियो हेर्ने हो भने त गर्भावस्थाको पहिलो चरण देखि अहिलेसम्म उनले के कस्तो गरेर गुज्रनुपर्र्यो सबै देखिन्छ।कसरी आफुलाई ख्याल राख्ने, के पौष्टिक खाना खाने,कसरी आफुलाई खुशी र व्यस्थ राख्ने र कस्तोव्यायाम गर्ने आदी सबै देख्ने गरि बुझाएकी छिन्।अझ भनौं उनको कदमले त समाजलाई नॅंया पुस्ता के चाहान्छ पनिबताई रहेछ।

हो नेपालको आफ्नै संस्कृति छ। आफ्नै मुल्य, मान्यता छन्। हाम्रा, हामी आफैले बनाएका आफ्नै संस्कार, चालचलन छ।जुन हत्तपत्त बदलिन गार्र्हो छ। हो ती सबै संस्कार नॅंया पुस्ताले बुझुन र पछिसम्म पनि मानिरहुन भन्ने चाहनेहरूलेउनीहरूलाई उहिल्यैदेखि यस्तो चलन चलि आएकोले पछिल्ला पुस्ताले पनि तेस्तै गर्दै जानुपर्छ भन्ने होईन की, नेपालमा योयो चलन यी/ यस्तो कारणले चलि आएको रहेछ र तिमीहरूले पनि यसरी गर भनेर सबुत प्रमाण सहित बुझाउन चाहींसक्नुपर्छ।

त्यस्तै बुझ्नु पर्ने जरूरी कुरा, जसरी सप्ताह, पुराण,लाखबत्ती आदी पूजाको कार्यक्रममा पण्डित बाजेसॅंगसॅंगै नाचेकोदेख्दा अचम्म लाग्छ नॅंया पुस्तालाई, तेस्तै नै हो पुरानो पुस्तालाई पनि अहिले नॅंया पुस्ताले “बेबी सावर” मनाएको भन्दैगर्भवती महिलासॅंग उनको भुँडी हेरेर, छोएर थरी थरीको फोटो खिच्ने आदी बिभिन्न किसिमका आधुनिक चलनहरु।

हुन त “शिक्षा” एक क्षेत्रमा चाहीं नेपाली समाज समय अनुसार परिवर्तन तिर लाग्दैछ।शिक्षामा छोरा सरह छोरीको पहुंचबढेको छ।हजुरआमाका पालामा पढाउनु त परै जाओस्, महिनावारी नभएका साना नानीहरूलाई विवाह गरिदिए स्वर्गपुगिन्छ भन्ने नेपाली समाज,आमाहरूको पालामा छोरीलाई केही पढाएरमात्र विवाह गर्नतिर लाग्यो।हाम्रापालामा डाक्टर,ईन्जिनियर पढिरहेका छोरीहरू बाहेक अरूलाई राम्रो घरबाट विवाहको कुरा आए,केटाका घरकाले पढाई दिने सर्तमाविवाह गरिदिन राजी भयो।र अहिले हाम्रा छोरीहरूका पालामा पढीलेखी योग्य भएर उनीहरू जे र जहिले चाहान्छन्,उनीहरूको ईच्छा अनुसार विवाह गरिदिंदैछन्।

तर अहॅं अझैपनि नेपाली समाज प्रजनन स्वास्थ,यौन शिक्षा,महिलाका स्वास्थ समस्या आदीको बारेमा चाहीं खुलेर बोल्नैचांहादैनन्।यो बिषय अझै ढोका पछाडी गरिने बिषयमा सीमित छ। मलाई अहिले लागेको गर्भावस्थामा अरूलेनछोपिदिएको भुँडीको बिषयमा चर्चा,टिका टिप्पणी गर्नु भन्दा,आफ्नो परिवारमा भएका महिला सदस्यहरूले भोग्नु परेका महिलाका स्वास्थ्य समस्या अलिक खुल्ला रूपले व्यक्त गर्न सक्ने वातावरण पो बनाई दिने पो हो की घरघरमा ।

-शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया