मलेसियाबाट एकै दिन आयो २४ जनाको शव र तीन जनाको अस्तु

इनेप्लिज २०७८ साउन ९ गते ९:५६ मा प्रकाशित

काठमाडौं।रोजगारीको शिलसिलामा मलेसियामा ज्यान गुमाएका २४ जनाको शब र तीन जनाको अस्तु नेपाल आइपुगेको छ।विभिन्न कारणले मृत्यु भएका उनीहरुको आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो।

दूतावासका अनुसार मृत्यु हुनेमध्ये अधिकांशले आत्महत्या गरेका थिए।त्यसबाहेक औद्योगिक दुर्घटना,सडक दुर्घटना र क्रोनिक रोगहरुबाट मृत्यु भएको थियो।यी शवहरुलाई नेपाल एअरलाइन्सको उडान नम्बर ४१६ को वाइडबडीबनाट ल्याइएको हो।

क कसको शब आयो ?

बुद्धिराम कामी-सल्यान,मनीराम चौधरी-बर्दिया,कर्णबहादुर बुढाथोकी-बैतडी,सन्दीप विक,प्रमोद विक सुनील बीसी-बाग्लुङ,झापटबहादुर थापा-तनहुँ, दलबहादुर मोक्तान- पाँचथर,कृष्णकुमार राई-ललितपुर,होमबहादुर गुरुङ- सुनसरी,रामचरित्र कानु-बारा,अमरबहादुर माझी-सिन्धुपाल्चोक,लोकबहादुर शाही-दैलेख, रुपेशपुलामी मगर- सिरहा,श्यामु थारु- कपिलवस्तु,सोमरबहादुर तामाङ-ओखलढुङ्गा,शम्भु विक-झापा,कमलादेवी भण्डारी- मोरङ,लोकबन्धु लावती-झापा,मति तामाङ- नवलपरासी,यमबहादुर सनारी-पाल्पा,दलमान तामाङ-ओखलढुङ्गा,गोविन्द बोहरा- झापा।अस्तु ल्याइएका- मोहनप्रसाद चौधरी-नवलपरासी, मीनबहादुर विष्ट-डडेलधुरा, रोशनकुमार यादव-सिरहा रहेका छन्।

प्रतिक्रिया