प्रदेश १ मा ४५८ सङ्क्रमित थपिए

इनेप्लिज २०७८ साउन ७ गते २२:३७ मा प्रकाशित

विराटनगर,७ साउन।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४५८ जना कोरोना संक्रमितथपिएका छन्।

उक्त्त अवधिमा एक हजार ६१२ जनाको पिसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ भने ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनामा पोजेटिभ देखा परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सङ्क्रमितहुनेहरुमा झापामा २०७,मोरङमा १३२ मध्ये विराटनगरमा ५३, सुनसरीमा ९५,इलाममा पाँच,धनकुटामा तीन,पाँचथर,सङ्खुवासभा र उदयपुरमा दुईःदुई ताप्लेजुङ,भोजपुर र खोटाङमा एकःएक र प्रदेश बाहिरका सात जनामा रहेका छन्।

प्रदेशमा कोरोना सङमितको सङख्या ८० हजार ११५ पुगेको छ भने ७२ हजार ४९३ जना निको भएको मन्त्रालयले जनाएको छ।प्रदेशमा गएको २४ घण्टाको अवधिमा ४०३ जना सङक्रमणमुक्त भएका छन् र भने सक्रिय सङ्क्रमितको सङख्या छ हजार ११५ जना रहेका छन्।

 

प्रतिक्रिया