प्रदेश १ मा ४६७ सङ्क्रमित थपिए

इनेप्लिज २०७८ साउन ६ गते २२:४५ मा प्रकाशित

विराटनगर,६ साउन।प्रदेश १ मा गएको २४ घण्टाको अवधिमा ४६७ जना कोरोना सङक्रमित थपिएका छन्।

उक्त अवधिमा एक हजार ६०८ जनाको पिसीआर परीक्षण गरिएको मध्ये २२१ महिला र २४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमितहरुमा झापामा १७३,मोरङमा १३५ मध्ये विराटनगरमा ३२,सुनसरीमा १०६,धनकुटामा १८,इलाममा आठ,भोजपुरमा पाँच,उदयपुरमा चार, सङ्खुवासभामा दुई,पाँचथरमा एक र प्रदेश बाहिरका १५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।त्यसैगरि एक हजार ४७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७९ हजार ६५७ पुगेको मध्ये मध्ये ७२ हजार ९० निको भएका छन्।सक्रिय सङ्मितको सङख्या छ हजार ७४ रहेको छ।

 

 

प्रतिक्रिया