वहाँ, अर्थात् अर्का बा, देउ “बा” !

रामप्रसाद खनाल २०७८ साउन ४ गते २:२४ मा प्रकाशित
गृहमन्त्री बनेर आउनु भो 
माओवादी जन्माउनु भो
पहिलो चोटि प्रधानमन्त्री बनेर आउनु भो 
प्रचण्ड बाबुरामलाई जङ्गल पठाउनु भो 
पजेरो काण्ड मात्र होइन 
सांसद किनबेच गर्नु भो, उठाउनु भो !
शङ्कर होटेलमा थुन्नु भो 
सिँगापुर र थाइलैण्ड काण्ड बुन्नु भो   
फेरी प्रधानमन्त्री हुनु भो 
रगतको आहालमा खेल्नु भो 
प्रचण्ड बाबुरामको टाउकाको मूल्य तोक्नु भो 
प्रजातन्त्र बुझाउनु भो, राजालाई बोक्नु भो 
असक्षम भनेर निकाले पछि राजालाईनै ठोक्नु भो
भित्र भित्रै फेरी तिनै प्रचण्ड बाबुरामहरू बोक्नु भो
कहिले छोरी बोक्नु भो 
कहिले बाउ बोक्नु भो
कहिले बाबुराम बोक्नु भो  
रुखमा होइन हँसिया हथौडामा भोट हाल्न लाउनु भो
रुखमा भोट हाल्नेलाई कारबाही थमाउनु भो   
“दुई पाइलट” ले उडाए, टाउको समाउँदै आउनु भो 
जसले धोखा दियो उसै सँग मिलेर फेरी पाउनु भो 
जे होस पाँचौँ पटक प्रधानमन्त्रीमा आउनु भो,
विश्वासको मत पनि बढी नै पाउनु भो
देउ “बा” भन्दैछन जनता सुशासन
फेरी देख्नु नपरोस् पहिला जस्तै कुशासन !
 रामप्रसाद खनाल, जुलाई १८, २०२१

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया