केपी ओलीले देशको शीर ढाल्ने काम गरेकोले हामीले सरकार ढालकै हो, यसमा शंका नै छैन : जगन्नाथ खतिवडा (भिडिओसहित)

इनेप्लिज २०७८ साउन ४ गते १:१६ मा प्रकाशित

काठमाडौं,२ साउन।नेकपा (एमाले) का नेता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको लागि गम्भीरता नदेखाएको टिप्पणी गरेका छन् । उनले आफूहरु एकताको लागि अन्तिमसम्म पनि ईमानदार प्रयत्न गर्नेगरि लागिपरेको स्पष्ट पारेका छन्।उनले भने,‘अध्यक्ष कमरेड केपी ओलीको रेस्पोण्ड आजसम्म ठीक छैन्।भोलि ठिक हुन्छ वा हुँदैन, एकदम चाँडै एउटा निर्णयमा पुग्नुपर्ने परिस्थिति छ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अध्यक्ष ओलीले देशको शीर ढाल्ने काम गरेको भन्दै उनलाई छुट दिन नसकिने टिप्पणी गरे।उनले भने,‘संविधान समाप्त गर्नेलाई पनि छुट दिन सकिँदैन नि।अपराध त सबैभन्दा ठूलो अपराध त त्यो होला नि।हामीले देशको लोकतन्त्र र संविधान जोगाउने कष्टमा केपी ओलीको सरकारलाई पराजित गर्नुपर्छ,ढाल्नुपर्छ भनेर सोचेकै हो । यसमा कुनै शंका नै छैन्।’

उनले आफूहरुलाई आफ्नो पार्टीको सरकार थियो भन्ने अनुभुति पनि नभएको सुनाए।उनले भने,‘हाम्रो पार्टीको आदर्शअनुसार पार्टी चलेको थियो भन्ने पनि अनुभूति थिएन।हामी आँफैले निर्माण गरेको संविधानअनुसार सरकार चल्छ।र,यो संविधान जोगाउँछ भन्ने उसँग अनुकुलता पनि थिएन।उ प्रत्येक कुरा बिगार्दै गएको थियो। त्यसकारण यो सरकारलाई हटाउनुपरेको हो । एमाले नै केपी ओली, केपी ओली नै एमाले कदापि हुन सक्दैन्।’ नेता खतिवडाले अध्यक्ष ओलीले एकपछि अर्को गरेर एकतर्फी बैठक राखेको पनि सुनाए।उनले हिजोपनि एक्लै बढ्न खोज्दा ओली तनावमा आएको सुनाए।

प्रतिक्रिया