गैर आवासिय नेपाली संघ(एन, आर एन,ए ) केन्याको पाचौ राष्ट्रिय महाधिवेशन सम्पन्न,आईसिसि सदस्य सहित सबै निर्बिरोध

इनेप्लिज २०७८ साउन ३ गते १७:५६ मा प्रकाशित

नैरोबी गैर आवासिय नेपाली संघ (एन, आर एन,ए ) केन्याको पाचौ राष्ट्रिय महाधिवेशन राजधानी नैरोबी स्थित मया रेस्टुरेस्ट को हलमा सम्पन्न भएको छ।राष्ट्रिय समन्वय परिषद केन्या का उपाध्यक्ष सिवलाल अधिकारी को सभापतित्व एवं केन्याको लागि अवैतनिक महावाणिज्यदूत जिम्मी अस्करको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्तराष्ट्रिय समन्वय परिषद (एन आर एन ए)पुर्व सदस्य यादव काफ्ले,संस्थापक अध्यक्ष एवं केन्द्रिय निर्वाचन पर्यवेक्षक कुल बहादुर कार्कीको उपस्थिति रहेको थियो।एन आर एन ए केन्या का कोषाध्यक्ष यज्ञमणि रेग्मि (भरत) ले स्वागत मन्तव्य राख्नु भएको थीयो भने,संस्थाको २०१९/२०२१ को बार्षिक प्रतिबेदन समितिका महासाचिब टिका धिताल ले पेश गर्नु भएको थियो।कोषाध्यक्ष यज्ञमणि रेग्मि (भरत) ले आर्थिक प्रतिबेदन पेस गर्नु भेएको थीयो।सागर भन्डारी विभोर ले मिठा मिठा गजल सुनाउनुभएको कार्यक्रममा गंगा बस्याल ले कोरोना सम्बन्धि कबिता सुनाउनु भएको थियो।उक्त कार्यक्रममा अतिथि एन आर एन ए (एन सि सि )ईराक का पुर्व अध्यक्ष तथा एनसिसि केन्याका सल्लाहकार खेम पौडेल ले आफ्नो मन्तब्य राख्नु भेएको थियो।

यसैबिचमा पाचौ महाधिवेसन भित्रै समेटिएको नया कार्यसमिति गठनको निम्ति निर्वाचन को कार्यक्रम रहे पनि सबै पदका उमेद्वार हरु निर्बिरोध हुनुभयो।

कृष्ण दत्त भट्टको निर्वाचन समिति संयोजक रहनु भेएको सामितिको सद्स्य मा उदय प्रकास हाडा र यादव काफ्ले रहनु भएको थीयो।निर्वाचन संयोजक भट्ट ले नयाकार्य समितिलाई पद तथा गोपनियताको सपथ खुआउनुभएको थियो भने प्रमुख अतिथि जिम्मि अस्कर,बिसेस अतिथि कुलबहादुर कार्कि र यादव काफ्ले ले नयाकार्य समिति लाई सुभकामना दिनु भएको ऊक्त कार्यक्रम मा अतिथि हरु कृष्ण दत्त भट्ट र खेम पौडेल ले नयासमिति लाई एक भएर टिम वर्क का साथ अगाडि बढ्ने सल्लाह दिदै बधाई तथा सुभकामना दिनु भयो।

त्यसै गरि आज बसेको कार्यसमितिको बैठकले २०२१-२०२३ को लागि सम्ंरक्क्षक र सल्लाहकार पनि गठन गर्यो ,संरकक्षकमा कुल बहादुर कार्की र उदय प्रकास हाडा तथा सल्लाहकारमा खेम पौडेल , कृष्ण दत्त भट्ट र यादव काफ्ले हुनुहुन्छ।

कार्यक्रमको सन्चालन महासचिव टिका धिताल ले गर्नु भएको थियो ।निर्बिरोध नया कार्य समिति २०२१-२०२३ मा

आईसिसि सदस्य – टिका धिताल

अध्यक्ष – कृष्ण प्रसाद गैरे

उपाध्यक्ष – सिवलाल अधिकारी

महिला उपाध्यक्ष लक्ष्मि बुलन

महासचिव यज्ञमणि रेग्मि (भरत)

सचिव सुरेस मोर

कोसाध्यक्ष रवि जैन

महिला संयोजक मिरा गिरी

युवा संयोजक कमल अधिकारी

कार्यकारीणि सदस्य हरु

1 बिस्णु भुसाल

2 गणेस कामि

3 प्रभाकर भन्डारी

4 राजन अधिकारी

5 राजेस पाठक

6 रेवत स्रेष्ठ

7 लक्ष्मण गैरे, रहनु भएको छ

प्रतिक्रिया