साधारण मानिसको कविता

डिग बहादुर तामाङ्ग २०७८ साउन २ गते २२:३७ मा प्रकाशित

ओल्लो घरको नरे,पल्लो घरमा सरे
एउटा नरे,बालुटारबाट,बालकोट सरे
अर्को नरे,बुढानिल्कण्ठाबाट,बालुवाटार झरे
बालुवाटारबाट बालकोट
सर्नेले नरेले हाम्रो लागि गरे के ?
बुढानिल्कण्ठबाट,बालुवाटार झर्ने
नरेले हाम्रो लागि गर्ने के ?
माहिर छन बालकोटे नरे,
उखान टुक्का हालेर भाषाण गर्न
माहिर छन बुढानिलकंठे नरे,
गाडि बाँडेर संसद किन्नलाई
भिन्न यति मात्रै हुन,एउटाको
बोलि तितराको जस्तो,प्रष्ट सुन्ने
अर्कोको बोलि हाँडिमा मकैभुटेर फुलउडे जस्तो।
एउटाले माओलाई जन्मदिए
अर्कोले माओलाई अंगालो हालेर
दुईतिहाई पुर्याएर शक्तिशालि बने।
नरेहरुको आर्थिक उन्नति बारे भने साध्य नै छैन
अर्थशास्त्रीहरुको फरमुलाई व्वाँङ ख्वाउने रहेछ।
बरु एउटा नृपाललाई, जनार्दनले
अबउप्रान्त
तिमीले आफनो सिंहशान छोड भन्दा
सजिजैसंग हाँसि हाँसि छोडे,
पुन जनार्दनहरुले
अब तिमीलाई राजप्रसादमा बस्ने अधिकार दिन्नौ भन्दा
आफैले गाडि चलाएर,नागरजुन जंगाल पसे।
अब को ठुला बालकोटे नरे कि,राष्ट्रका नृपाल?
तिन छक परे बालकोटे नारेको बिधाईको दृश्यदेखि
कसरी कमाए यिन्ले यत्रौ सम्पत्ती ?
हिजो खालिखुट्टे नरे,आज यस्तो भनेर सबै जनार्दन
तिनछक्क परे।

अस्तु !

-डिग बहादुर तामाङ्ग

प्रतिक्रिया