विराटनगर,२ साउन (रासस):राष्ट्रिय अपाङग महासङ्घ प्रदेश नं १ समितिले विराटनगरमा निर्माण भएका सरकारी संरचनामा आगामी मङ्सिर १७ गतेसम्म अपाङ्ग मैत्री नबनाइएमा हथौडालेले फुटाउने बताएको छ।
सञ्चारकर्मीसँगको आज यहाँ आयोजित अन्तरक्रियामा महासङका बिमल वस्नेतले विसं २०६० देखि बन्ने सम्पूर्ण संरचना अपाङ्ग मैत्री हुनु पर्ने प्रवधान अनुसार उक्त समय सीमा निर्धारण गरिएको जानकारी दिनु भयो।
यसैगरी महासङ्घका प्रदेश अध्यक्ष पारुता श्रेष्ठले हेमोफियला अपाङ्गहरुलाई आवश्यक पर्ने एन्टि हेमिफोलिया फ्याक्टर फायल औषधि रु एक करोडको खरीद गरिएको बताउनु भयो।
उहाँले अपाङ्ग महिलालाई घर परिवार तथा छिमेकी हुने बलात्कार र यौनद्रुब्यबहाररका घटना वृद्धि भैरहेको चिन्ता व्यक्त्त गर्दै दोषीलाई कानून अनुसार सजाय दिलाउन महासङ्घले कार्य गरिरहेको बताउनु भयो।
नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे र मोरङ अध्यक्ष संजिव खनालले सञ्चारकर्मीहरु अपाङग मैत्री रहेको बताउदै अपाङ्ग सम्वन्धि विभिन्न मुद्दा सम्वोधन गर्न पत्रकारिता क्षेत्रबाट कार्य भइरहेको धारणा राख्नु भयो ।
विसं २०६८ को जनगणना अनुसार प्रदेशमा ९६ हजार अपाङग रहेका छन्।
प्रतिक्रिया