काठमाडौं । पछिल्लाे समय नेत्र विक्रम चन्द विप्लवले राजनीति भेटवार्तालाई तिब्रता दिएका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान महासचिव विप्लप डा. भट्टराईसँग भेट गर्न उनकै निवास टोखा पुगेका थिए ।
केपी शर्मा अोली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा उनीहरुबीच छलफल भएको छ । विप्लवको साथमा नेकपा नेता धर्मेन्द्र बाँस्तोला पनि पुगेका थिए ।
यसअघि महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया