तोकिएको काम सम्पन्न नभएसम्म अनुदान रकम वितरण नहुने – मन्त्री मगर

इनेप्लिज २०७८ असार ३१ गते २२:४२ मा प्रकाशित

विराटनगर,३१ असार।प्रदेश नं १ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले तोकिएको काम सम्पन्न नभएसम्म अनुदान रकम वितरण नहुने गरेको बताउनु भएको छ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक बर्ष २०७७ः७८ मा विभिन्न महाशाखाबाट गरिएको कार्य सार्वजनिक कार्यक्रममा उहाँले पारदशी रुपमा कृषक तथा सहकारी छनौट गरी ८० प्रतिशत किसान लक्षित बजेट विनियोजना भएको जानकारी दिनु भयो।

मन्त्री मगरले दुध,मासु र तरकारी लगायतका कृषि उत्पादनलाई आन्तरिक आत्मनिर्भर हैन निर्यात गर्ने उद्देश्यले विविधिकरण गर्नु पर्नेमा जोड दिनु भयो।

मन्त्रालयका सचिव निरु दाहाल पाण्डेले कृषिमा समग्र अन्य प्रदेश भन्दा उत्कृष्ट रहेको दावी गर्दै यस क्षेत्रमा १३ चिस्यान केन्द्र निर्माणबाट कृषकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरी आर्थिक चलायनमा वृद्धि भएको बताउनु भयो ।

मन्त्रालयका राजेन्द्र उप्रेतीले खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाबाट सञ्चालित अनुदान कार्यक्रम र पशुपति ढुङगानाले पशुपन्छी विकास महाशाखाबाट सम्पादित कार्यक्रमहरुको विवरण प्रस्तुत गर्नु भएको थियो।

प्रतिक्रिया