मनदेखिनै चिन्नुहोस नेपाल

इनेप्लिज २०७८ असार ३१ गते २२:१४ मा प्रकाशित

१) सभ्य र भव्य,बिशाल नेपाल :

नेपाल ३ वटा छ।पसिनाको नेपाल,ज्वाइँ नेपाल र बिउ नेपाल।पसिनाको नेपाल भनेको पृथ्वीनारायण शाहले एकीकरण थालनी गरेर गोर्खाली बीर योद्धाहरुको बहादुरीले आर्जेको बिशाल नेपाल हो।जुन मानचित्रमा पबित्र कैलाश,काश्मिर, दिल्ली आगरा,जयपुर,गंगा नदी वारि,कलकत्ता,दार्जिलिङ सिक्किम(आधा जसो भारत)जस्ता भूभागहरु पर्दछन्।यो बिशाल नेपालको नक्सा हेर्नु भयो भने ठयाक्कै पाइला आकारको देख्नु हुनेछ।पौराणिक कालमा पुड्के ब्राह्मणले बली राजासँग एक पाइला मागेको ठाँउनै यो बिशाल नेपाल हो।यसलाई आशीर्वादको नेपाल भने पनि हुन्छ।

अर्को हो,ज्वाइँ नेपाल– जहाँ दिल्लीका ज्वाइँहरु ढलीमुली गरिराखेका छन् र अर्को हो बिउ नेपाल–जुन भूभाग धौलागिरि र माछापुछ्रेको सेरोफेरो पर्दछ। बाँचेको बिउ नेपाल भनेको यही मात्रै हो।यहाँहरुलाई थाहा नै छ कि इतिहासको बिभिन्न कालखण्डमा देश टुक्राएर बेचियो।यसको ज्वलन्त उदाहरण हो कालापानी काण्ड।त्यसैगरी राजा त्रिभुवन दिल्लीको शरण पर्न जाँदा भारतीय भैयाको गिद्दे नजर नेपालमा पर्यो र राजा त्रिभुवनको बिवशताको फाइदा लुट्दै एउटा छुट्टै कागज बनाइयो र उनीहरुले मागेको नेपाल दिनु कर लाग्यो।भारतीयहरुले पहिलेदेखि नै नेपालको सौन्दर्यता,प्राकृतिक स्रोत साधन(जल,जंगल, जडिबुटी),बहुमूल्य रत्न पत्थरका खानीहरु र आध्यात्मिक ऊर्जाको शक्ति केन्द्रहरु देखेर आँखा गाडी राखेका थिए।मौकाको फाइदा उठाएर राजा त्रिभुवनलाई सन्धिको कागज बनाउन लगाए।सौभाग्यवश,राजा त्रिभुवनलाई कुनै अदृश्य शक्तिले ‘माछापुछ्रे,फेवाताल र धौलागिरि चाहिँ त्यो सन्धिमा नलेख्नु’भनेरअर्ति दियो।सोही अनुरुप माछापुछ्रे,फेवाताल र धौलागिरिको सेरोफेरो बाहेक अरु भूभाग भारतलाई दिए भनी सन्धि गरिदिए।हो यही कागज देखाएर छट्टु भारतले अहिले पनि नेपाललाई गुलाम बनाइराखेको छ।बाहिरी रुपमा राजनीतिले जेलेर बाँधेको छ।उही एउटा मान्छेलाई हातमुख बाँधेर‘अब तिमी खुला भयौ पौडी खेल्न जाउ’भने जस्तै हो।यो कुरा सर्बसाधारण निर्दोष जनताहरुले बुझेका छैनन् ।बुझ्नेहरुले बुझ पचाएर बसेका छन्।बिरोध गर्नु पनि कसरी उसकै मानो खाएपछि उसैको भजन गाउनै पर्यो।हाम्रो चोर नेताहरु त चेसका गोट्टी मात्र हुन् ।भैयाले टिभी यहाँ राखिदिएको छ,रिमोट कन्ट्रोल चाहिँ दिल्लीमा छ।त्यसैले ‘जसोतसो पण्डित बाजे उसो उसो स्वाहाँ’ भएको छ।फेरि यी स्वाँठहरुलाई देशको के माँया छ र ?गाई र गीता बेचेर पबित्र रक्सी (मूत्र स्वरुपको होली वाइन)छर्कन पाए,यिनीहरु खुसी हुन्छन्।पैसा भनेपछि धर्म संस्कृति र देश त के आफ्नै आँखा बेच्न पनि तयार हुने यी दुष्टहरुकोे कुरा गर्नु र ? बल्ल त सारा नेपालीलाई यिनिहरुको कालो कर्तुत थाहा हुदैछ।त्यहि भएर अब,बिउ नेपालबाटै गौरख भक्तहरु जागिराखेका छन्।सूर्यमाथि भएको झण्डा फरफराइराखेका छन्। चाँडै नै बाबा गोरक्षनाथले एक आदर्श सूर्यबंशी राजा छानी सक्नुभएको छ।त्यस पश्चात हामी सबै मिलेर बिशाल नेपाल फिर्ता लिने छौं।निश्चिन्त भवः।

२. वेद,पुराण र महर्षि वेदव्यास :

वेदलाई बाहनुहरुको पुस्तक सम्झने र वेद पुराण भारतमा लेखिएको भन्ने झुठो प्रचार गर्नेको जमात ठूलो छ।वास्तवमा वेद स्वयं ब्रह्माजीको वाणी हो।मानब लगायत सारा प्राणी र प्रकृतिको संबिधान हो वेद।बिभिन्न युगमा अहिलेसम्म २८ वटा महर्षि वेद व्यासहरु यस धर्तीमा जन्मिसकनु भएको छ।नेपाल देवभूमि ऋषिमुनिहरुको तमोभूमि भएकोले ती सबै २८ वटै महर्षिहरु नेपालमानै जन्मनुभएको थियो।शिवशंकर भोलेको बासस्थान र मानबहरुको उद्गमस्थल भएको कारणले पनि पुण्य कर्महरु नेपालबाट मात्र सम्भव हुन्छ।नागराजाको आसन, गोरक्षधाम,सबै ६४ वटै ज्योतिलिंङ्गहरु पनि यही पबित्र भूमि नेपालमा भएकोले ऋषिमुनि,महात्मा र सिद्धपुरुषहरु यहाँ जन्मन्छन्।र यस युगका महर्षि वेदव्यास पनि नेपालको दमौली भन्ने स्थानमा ऋषि परासर र मत्स्यगन्धाको गर्भबाट जन्मनुभएको थियो।स्मरणरहोस्,वेदव्यास कुनै व्यक्ति नभै एक किसीमको पदबी हो।जसरी हवाइजहाज उडाउन जान्नेलाई पाइलट भनेर भनिन्छ,त्यसरी नै ब्रह्मज्ञानलाई सबिस्तार वर्णन गर्ने महर्षिलाई‘वेदव्यास’भनिन्छ।दमौलीमा जन्मनुभएका महर्षि वेद ब्यासको नाउँ चाहिँ कृष्ण द्वापायन हो।वहाँले ४ वेद र १८ पुराण लेख्नुभयो।यही वेद नै सबै भाषा,संस्कृति,धर्मको स्रोत हो।सम्पूर्ण साहित्य र बैज्ञानिक आबिष्कारको स्रोत हो।पछि गएर भारतीयहरुले हाम्रो वेद चोरेर लगे।: Maxmuller र अरु थुप्रै क्रिस्चियन पादरीहरुले हाम्रो वेदको भावार्थ जानीजानी बिगारेर अंग्रेजी भाषामा उल्था गरे।किनकी हाम्रो सनातन धर्म संस्कृतिलाई तहसनहस पार्ने उनीहरुको योजनानै थियो।वेद भनेको ब्रह्माण्डीय ज्ञान हो।यसलाई पश्चिमेलीहरुले खोजे (बुझे) अनुसन्धान गरेर बिशेषज्ञान अर्थात् बिज्ञान बनाए भने हाम्रो टपरे बाहुनहरुले भने पुजेरमात्र राखे । अहिले उनीहरु मंगलमा हामीहरु जंगलमा भने जस्तो भयो।

३. सुन्दर शान्त बिशाल नेपाल :

आजभन्दा ५ हजार वर्ष अघि हाम्रो नेपाल फैलिएर भारत,पाकिस्तान, अफ्गानिस्तान,श्रीलंका,बंगलादेश,भुटान,थाइल्याण्ड,बर्मा,इन्डोनशियासम्म थियो भन्ने कुरा सुन्दा चाहिँ आश्चर्य लाग्न सक्छ।अहिले पो बिशाल नेपाल टुक्रिएर खुम्चिएर सानो भयो तर महाभारत कालमा आधा एशिया नै नेपालको अधिराज्य थियो।त्यसबेला भारत खण्ड भनिन्थ्यो किनकि यी पूरै भूभाग नेपालका राजा (जसको राजधानी अहिलेको नेपालको भरतपुरमा थियो)।भरतको अधिनमा थियो ।त्यसैले यी भूभागलाई जम्बुद्विप भारत खण्ड (भरत राजाको उपनिवेश) भनेर भनिन्छ।यही नामले नै भारत भनेर छिमेकी राष्ट्र बन्न पुग्यो।इण्डीयाको पुरानो नाम भारत नै हो।इण्डीया त ब्रिटिसहरुले हेपेर दिएको नाउँ हो– जसको अर्थ असभ्य, भ्रष्ट,गुण्डाहरुको समूह भन्ने हुन्छ।अक्सफोर्ड डिक्सनरी शब्दकोष (दोस्रो संस्करण) को पृष्ठ नं ७६८ मा यस्तै लेखिएको भेटिन्छ।यही कारणले पनि १९९० देखि भारतीयहरुले उक्त शब्दकोषमा भएको India शब्दार्थ हटाउन ठूलो अभियान नै चलाएका थिए।अझै पनि ब्रिटेनमा कसैलाई You Stupid Indian भनेर गाली गरे ठूलो मुद्दा लाग्छ।कतै कतै त Dogs and Indian are not allowed to enter भनेर लेखिएको Signboard पनि भेटिन्छ।यसरी हेर्दा त्यो बेलादेखि नै इण्डीयनहरुलाई ब्रिटिसहरुले घृणित नजरले हेर्दथे।त्यसैको नासो लिएर होला,अधिकांश भारतीयहरु छट्टु,दुष्ट,जाली र फटाहा मात्र छन्।

अहिलेको इण्डीया आकारमा र राजनीतिक पहुँचमा बलियो भएर धेरैजसो मानिसहरु इण्डीयाले कुनै एक जमानामा नेपाललाई शासन गरेको थियो होला भनेर अड्कल गर्दछन्।तर यसको ठिक उल्टो बरु नेपालले चाहिँ इण्डीयालाई शासन गरेको थियो,वैदिक संस्कृति सिकाएको थियो।त्यो बेलासम्म पनि इण्डीयनहरु सुसंस्कृत नै थिए।१८ औं शताब्दीसम्म पनि इण्डीयाहरुले मासु, रक्सी,चुरोट खान जानेका थिएनन्।तर जब मुसलमान,पोर्चुगीज र ब्रिटिसहरु भारतमा पसे,त्यहाँदेखि भाषा संस्कृतिमा बन्चरो प्रहार भयो।गाई खाने अंग्रेजी भाषा र उनीहरुको नीच सोच नै संस्कार बनाइदिए।फलस्वरुप अहिलेको इण्डीयनहरुमा त्यही धङधङी भेटिन्छ।स्वार्थी,लोभी,झुठको खेती गर्ने,ठग्ने, मांस, मदिरा सेवन गर्ने जस्ता कुकर्मले बदनाम भएको छ इण्डीया।

तर नेपाललाई हेर्ने दृष्टिकोण नै छुट्टै थियो।नेपाललाई उनीहरु वैकुण्ठधाम, पशुपति क्षेत्र,गंगाको मुहान,हरिद्वार,स्वर्गद्वारी भनेर मुक्तकण्ठले प्रशंसा गर्दथे।अहिले पनि त इण्डीयाका धेरै मन्दिरहरुमा नेपालबाट आएको भन्ने बित्तिकै छुट्टै सम्मान दिन्छन्,पूजा गर्दा पर्खनु पर्दैन।बरु हाम्रा लठेब्रा स्वाँठ नेपालीहरु भने नेपाललाई नचिनेर इण्डीयन जोगीको पछि लागेर इण्डीयामा पैसा चढाउन जान्छन् ।शिवजीको कैलाश यही, स्वर्गद्वारी यही,भगवान् रामकृष्ण र बुद्धको जन्मभूमि यही, चारधाम र ६४ ज्योर्तिलिङ्ग यही नेपालमा छ तर पनि कस्तुरीले आफ्नो बासना थाहा नपाएर दौडी हिँडे जसरी भारततिर दौडिन्छन् मुर्खहरु।कञ्चन गंगा यहाँ बगेकी छिन् तर पटमुर्खहरु गुहुको लिण्डो पन्छाउदै पानी छर्कन इण्डीया जान्छन्।पितृकुल तर्पण दिने संसारको उत्कृष्ट ठाउँ कागवेनी,देवघाट,गोदावरी, देबीघाट उत्तरगया, बराहक्षेत्र चतरा हुँदाहुँदै बुवाआमाको पिण्ड चढाउन इण्डीया पुग्छन् मुर्ख नेपालीहरु।त्यसैले त भारतका पण्डितहरुले‘शिर छोडेर पुच्छर समाउन आउँछस्’भन्दै लठ्ठीले चुट्छन्।त्यतिमात्र कहाँ हो र ? श्राद्ध÷पिण्ड चढाउँदाखेरी सुरुमा चाहिँ १०÷२० रुपैयाँ भारु चढाउन लाउँछन्।जब पितृको नाउँमा पिण्ड चढाउने बेला हुन्छ, त्यतिखेर ‘भारु ८,००० राखो’ भन्छन्।अब प¥यो फसाद।दिउँ भने कसरी भारु ८,००० दिनु,नदिउँ भने मरेको बुवाआमाको नाउँमा पिण्डमा पानी अर्पण गरीसकियो।हौ यसरी नै ठगिन्छन् मुर्ख नेपालीहरु। बल्ल हिजोआज यसो घैटोमा घाम लाग्दै आएको छ,चेत खुल्दै आएको छ। नेपाल भित्रकै चार धामको तिर्थयात्रा शरु गरेका छन्।

जे होस,नेपालमा भने त्यस्तो मगन्ते,जोगी र ठगहरु भेटिँदैनन्।भारतसँगको खुला नाकाले गर्दा फटाहाहरु नेपाल पसिसकेका छन्।र नेपालमै भएका केही फटाहाहरुसँग साइनो गाँसेर कुकर्म गरेका छुटफुट घटनाहरु पनि सुनिन्छन्।तर नेपालका अधिकांश मानिसहरु असल,इमानदार,मिजासिलो र सहयोगी हुन्छन्। नेपालीहरुको मन फराकिलो हुन्छ।केही बर्षअघिको भूकम्पले आफ्नो घर गुमाएकी एक नेपालीले बिदेशी पत्रकारलाई भोक लाग्यो होला कोदोको रोटी भए पनि खानुस् न भन्दा ती बिदेशी पत्रकार भक्कानिएका थिए।जब कि ती महिलाको न त घर छ,न त भरेलाई खाना छ।तर पनि बाँडेर खाने र पाहुनालाई सत्कार गर्ने नेपाली स्वभाब देखेर ती पत्रकारले राम्रो लेख तयार पारे र संसारभार फैलाए– नेपालीहरुको आतिथ्य संस्कार।हुन त बीरगोर्खाली,इमान्दारी र असल मानिस भनेर संसारभर नेपालीहरुलाई चिन्दछन्।हामी दिनुमा रमाउँछौं तर माग्न जाँन्दैनौं।अहिले पनि सडकमा मागेर बसेको नेपाली कमै भेटीन्छ।अधिकांश माग्नेहरु ट्रकका ट्रक भारतबाट भित्राइएको हो । हामी नेपाली त्यसरी गिरिसकेका छैनौं।ऋषिमुनिको सन्तान भएर होला,हामीमा करुणा,प्रेम,सद्भाव र सत्यता अझै जिउँदैछ।

४. असली ऋषिकेश र हरिद्वार :

बिडम्बना भारतले ऋषिकेश र हरिद्वार पनि आफ्नै क्षेत्रमा बनाइदियो।असली ऋषिकेश पाल्पा जिल्लाको रिडी भन्ने ठाउँमा पर्दछ,जसलाई रुरु ऋषिकेशको नामले सुपरिचित छ।यही ठाउँमा भगवान् श्रीकृष्णको जन्म भयो र यहीँ ठाउँमा आएर क्रिस्चियन सम्प्रदायका संस्थापक यशु क्राइस्टले सिद्धि प्राप्त गर्नुभयो । दुःखको कुरा,यस्तो पबित्र भूमिको बारेमा सारा दुनियाँ बेखबर छ र इन्डियाकै लहैलहैमा लागेर कृष्ण प्रमाणीहरु इन्डियाको मथुरातिर दौडिराखेका छन्।कठै बिचराहरु।

स्मरणरहोस्,भगवान् श्रीकृष्णको धेरै नाम छन्।जस्तो कि मधुसुधन,गोपाल, गोबिन्द,दामोदर,ऋषिकेश आदि।अतः वहाँको जन्म भएको ठाउँलाई अझै पनि ऋषिकेश भनिन्छ।पौराणिक ग्रन्थहरुलाई नै आधार मान्ने हो भने पनि रुरु ऋषिकेश यही नेपालको पाल्पामा पर्दछ।श्रीकृष्ण भगवानलाई कोक्रोमा राखी नदीमा बगाएको हुँदा वहाकै नामबाट उक्त नदीको नाउँ नै कृष्णगण्डकी भयो। भगवान् श्रीकृष्ण बालक हुँदा छोरा नभागोस् भनेर आमा देवकीले कुशको लामो डोरीले बाँधेको ठाउँ दामोदर कुण्ड पनि यही नेपालको मुस्ताङ जिल्लामा पर्दछ ।अहिले पनि त्यो कुश भुइँभरि उम्रिरहेको देख्न सकिन्छ।महाभारतको युद्ध सुरु हुनु अघि पाँच पाण्डवलाई गंगाजलले अभिषेक गरेको ठाउँ पनि यही नेपालको दामन शिखरकोट हो।अहिले पनि श्रीकृष्ण भगवानका सन्तान गोपालीहरु यही छन्।महाभारत युद्धको सुरुवात नै यही भूमिबाट भएकोले अहिले पनि चुरे पहाडपछिको पहाडलाई महाभारत श्रृंखला भनिन्छ।यहीबाट युद्ध लड्न भनी पाँच पाण्डवहरु तराई झरेका थिए र हस्तिनापुर (अहिलेको दिल्ली) बाट पनि कौरवका सेनाहरु नेपालकै तराईसम्म आएका थिए।अहिले पनि पूर्वी तराईमा ‘किच्चक बध‘ भन्ने ठाउँ छ।

पुनःश्रीकृष्ण भगवान् शक्ति आर्जन गर्न भनी काठमाडौंको आदेश्वर (५१ औं शिवलिंग) मा आई शिवजीबाट सुदर्शन चक्र लिएर जानुभएको कुरा पौराणिक ग्रन्थहरुले वर्णन गर्दछ।महाभारतको युद्धमा पाण्डवहरुको पूर्ण बिजय भएपश्चात् वहाँहरु सभा बसेको ठाउँ पाण्डुकेश्वर पनि टिस्टुङ्ग पालुङ्गमा पर्दछ भने युद्ध सकिएपछि शिव आरती गरी शिवलिंगमा गाईको दुध चढाएको ठाउँ सिन्धुलीको कुशेश्वर धाम (यस धर्तीको प्रथम ज्योतिर्लिङ्ग)पनि यही नेपालमा छ।श्रीकृष्ण भगवानले गोपिनीहरुसँग लीला गरेको ठाउँ वृन्दावन पनि कोशी टप्पुमा छ। श्रीकृष्णले नै रोप्नुभएको तुलसीका ठूला ठूला रुख अझै पनि त्यहाँ देख्न सकिन्छ भने नगरपालिकाको नाउँमा नै वृन्दावन नगरपालिका रहेको छ।

यति धेरै पौराणिक प्रमाणहरु हुँदाहुँदै पनि छट्टु इण्डीयाले नक्कली बृन्दाबन मथुरा बनाइदिएको छ।हुन त नक्कली लुम्बिनी दिल्लीछेउ बनाउने र सगरमाथा इन्डियामा पर्दछ,बुद्ध भारतमा जन्मेका हुन् भनेर झुटो प्रचारबाजी गर्नेले उहिल्यैको कुराहरु लुकाउन खोज्नु कुनै नौलो कुरा पनि होइन।हाम्रो वेद र पुराणहरु चोरेर लगे जस्तै श्रीकृष्ण भगवानका पुराना मूर्तिहरु चोरेर मथुरामा नक्कली बृन्दाबनमात्र खडा गरेको हो।सत्य लुकाएर कदापि लुक्दैन।एकदिन सारा बिश्वले थाहा पाउने छ कि सक्कली ऋषिकेश र सक्कली बृन्दाबन कहाँ छ भनेर ।

त्यस्तै,हरिद्वार भनेर इन्डियातिर बनाइदियो भारतले।तर प्राचीन हरिद्वार भनेको पूर्वी नेपालको धरान नजिक पर्ने बराह क्षेत्र हो भनेर सिद्ध योगीहरुलाई प्रष्टै थाहा छ र पौराणिक धर्मग्रन्थहरुमा पनि प्रष्टै लेखिएको छ।बराह क्षेत्रको छेउमा रहेको कोकाखोलाको संगममा गरिएको श्राद्ध पितृ तर्पणले हाम्रा दिवंगत पितृकुलहरुले तुरुन्तै पाउने हुँदा संसारभरका मानिसहरु यहाँ पितृकुललाई पिण्ड चढाउन आउँछन्।त्यस्तै परापूर्व कालमा देवताहरु धर्मसभा बस्ने ठाउँ संखुवासभा पनि (८४ कोश उत्तरतर्फ) यही बराह क्षेत्रको सिरानमा पर्दछ।बरुण र असी नदीको संगमलाई बरुण असी,बरुण असी भन्दै जाँदा शब्द अप्रभंश भै वनारसी भएको हो।यो पनि यही बराह क्षेत्रको उत्तरतर्फ पर्दछ।जहाँ स्वर्गका अप्सराहरु स्नान गर्न र ऋषिमुनिहरु साधना गर्न आउँदथे।अफ्सोच,भारतले बिहारभन्दा तल बनारसी बनाइदियो र मानिसहरुले नेपालको सक्कली बनारसीलाई बिर्सिदिए।वास्तवमा यही बरुण र असी नदीको संगमलाई प्राचीन हरिद्वार भनिन्छ।

वास्तविकता को हो भने (इतिहासको कालखण्डमा) नेपाल र इन्डिया बीच घनाजंगल भएको र मलेरिया हैजाको डरले उसबेलाका भारतीयहरु नेपालमा आएर मुक्तिनाथ पशुपतिनाथ,केदारनाथ,कुशेश्वर,रामेश्वरमा,ऋषिकेश,हरिद्वार, वनारसीको दर्शन गर्न नसकेको हुँदा आफ्नो अनुकूल पारेर यहाँकै मूर्तिपत्थरहरु इन्डिया लगी पुज्न थालेका हुन्।पछि छापाखाना पनि उनीहरुकै गोरखपुर र वनारसीमा भएकोले आफ्नै भूभागको गुनगान गाउन थाले।कालान्तरमा सक्कली र प्राचीन ऊर्जा केन्द्रहरु भने ओझेलमा पर्यो।जति पनि धर्मग्रन्थहरु छन् ती सबै गोरखपुर र वनारसीमा त छापिएका छन् नि।त्यही नै हामीले पढयौ उसकै कुरो ठिक होला भनी ठान्यौ र वास्तविकता बुझ्न सकेनौ।

सबैलाई चेतना भया ।

तुशितानेपाल (जीवनको पाठशाला)

प्रतिक्रिया