बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:५२
वासिङटन डिसी 08:07

ज्योतिष सुरेन्द्रचन्द्र रिजालको दाबी : प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनुहुन्छ, उहाँको राजयोग छ (भिडिओसहित)

इनेप्लिज २०७८ असार ३१ गते १०:०५ मा प्रकाशित

काठमाडौं,३१ असार।ज्योतिष सुरेन्द्रचन्द्र रिजालले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग राजयोग रहेको खुलासा गरेका छन्।आफूले २०७७ सालको बैशाख १ गते नै शेरबहादुर देउवालाई आकस्मिक लाभ र पुष्पकमल दाहाललाई धोका हुने सम्भावना रहेको भविष्यवाणी गरेको पनि उनले खुलाए। र,आफूले २०७७ कै बैशाख १ गते स्वास्थ्यमा समस्या आउने बताएको र ती सबै भविष्यवाणी लगभग मिलेको उनको दाबी छ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले आफूले देउवालाई प्रत्यक्ष संगत गरेको धेरै वर्ष भएको पनि जानकारी दिए।उनले आफूले देउवालाई पटक पटक प्रधानमन्त्री बन्ने भनेर भनेको सुनाए।तर,७ पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेर आफूले नबोलेको उनको भनाई छ।उनले प्रधानमन्त्री देउवाले विश्वासको मत पनि पाउने दाबी गरे।उनले माधव नेपालसहितको गठबन्धन नफुट्ने दाबी गरे।उनले प्रधानमन्त्री देउवा र माधव नेपालबीच राम्रो सहकार्य चल्ने दाबी गरे।

प्रतिक्रिया