शम्भु थापालाई प्रश्न : एमालेका २३ सांसदले देउवालाई विश्वासको मत दिएनन् भने के हुन्छ ? (भिडिओसहित)

इनेप्लिज २०७८ असार २९ गते १०:४५ मा प्रकाशित

काठमाडौं, २९ असार । वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतले संविधानको सही व्याख्या गरेको स्पष्ट पारेका छन्।शेरबहादुर देउवालाई ७६ को ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन लागेको उनको भनाई छ।कतिपयले अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्ने टिप्पणीमा उनको असहमति छ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब देउवाले संसद्मा विश्वासको मत लिनुपर्ने पनि बताए । यसअघि देउवाको पक्षमा बहुमत सांसदहरुले हस्ताक्षर गरेको भन्दै देउवाले विश्वासको मत लिँदा सबैले दिने पनि थापाले विश्वास दिलाए।

पत्रकार धमलाले विश्वासको मत लिने क्रममा भोलि एमालेका २३ सांसदले मत दिएनन् भने के हुन्छ ? भनेर सोधेको प्रश्नमा थापाले भने,”यो अन्दाजमा नजाऔं । अदालतमा सांसदहरुले आँफै उपस्थित् भएर हस्ताक्षर गरेका छन् । पार्टी एक भएको कारणले गर्दा अदालतको फैसला मर्ने मलाई थाहा छैन् । एमाले एक भएर भयो के त ? एक भने पनि दुई भनेपनि यसको पछाडि यही मुद्दा हो नि ।”

प्रतिक्रिया