सर्वोच्चको फैसलाविरुद्ध एमाले कार्यकर्ताको बिरोध प्रदर्शन

इनेप्लिज २०७८ असार २८ गते ९:५७ मा प्रकाशित

काठमाडौं।सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन्।एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन शुरू भएको छ।

सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको हो।

युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन,खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन्।

प्रतिक्रिया