२८ वर्षपछि ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्याे उपाधी

इनेप्लिज २०७८ असार २७ गते ११:२३ मा प्रकाशित

काठमाडौ ।लिओनल मेस्सीको टिम अर्जेन्टिनाले २८ वर्ष लामो उपाधिविहीन यात्रामा पूर्णविराम लगाउँदै कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा पाहुना टोली अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदानमा ०–१ ले हराउँदै उपाधि पोल्टामा पार्न सफल भएको हो।यस सँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मञ्चमा सन् १९९३ पछि पहिलो उपाधि जित्न सफल भएको छ।यता, कप्तान लिओनल मेस्सीले पनि यति लामो करिअरमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएका छन्।३४ वर्षको उमेरमा आज मेस्सीले देशको जर्सीमा पहिलो उपाधि जित्दै आफूमाथि लाग्दै आएका तमाम आरोप र आलोचनाको जवाफका उपाधिका साथमा दिएका छन्।

ब्राजिलस्थित रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको उपाधि भिडन्तमा अर्जेन्टिनालाई उपाधि जिताउनका लागि १ मात्रै विजयी गोल एन्जलड डि मारियाले गरे। अन्ततःउसले बाँकी समयभरि सोही अग्रता बचाएर खेलका साथै उपाधि पनि जित्न सफल भयो।अर्जेन्टिनाका लागि यो समग्रमा कोपाको १५औं उपाधि हो।

प्रतिक्रिया