बिहीबार, साउन २६ २०७९
काठमाडौं २०:१९
वासिङटन डिसी 10:34

शृष्टी ! तिमी कहा छौ?

नबिन बिक २०७८ असार २६ गते १३:४२ मा प्रकाशित

ठूला ठूला आखा, लामा लामा परेला, बाटुलो मुहार लामो कपाल, हाँस्दा दुबै गालामा डिम्पल पर्ने, पश्चिम धनगढीकी खान्दानी नेवार परिवारमा हुर्किएकी सृष्टी श्रेष्ठको सुन्दरताको जति बर्णन गरे पनि कमै हुन्छ। धनगढीमा १२ कक्षाको पढाई सकेर ब्याचलर पढन काठमाडौ आएकी रहेछिन । पढनको साथ साथै मोडलिङमा पनि उत्तिकै रुचि राख्ने उनी निर्देशकले चिन्न नसकेको र निर्माताले किन्न नसकेको एक मोडेल जस्तै थिई । म नेपाल जादा एउटा साथीको जन्मदिनको रमाईलोमा उनी सॅंग भेट भएको थियो। बोलीमा चिनी मिसाको जस्तो, मुस्कानमा मोनालिसाको जस्तो थियो,ॲाखामा अफिम।

बर्थडे पार्टीमा चिना परिचय भयो, सबै जोडी थिए, रमाई रहेका थिए, कोही गफ गर्दै थिए, कोही ककटेलमा रमाउदै थिए, हामी दुई जना मात्रै बिजोडी थियौ। हामी पहिलो चोटी भेटेको हुनाले अलि लजाएका थियौ, हामी खासै नबोले पनि हाम्रो आखाले नन स्टप बात मारिरहेका थिए, मसक्क मस्किदा मस्किदा गाला दुखेको पत्तै पाईएन छ। रात चढदै थियो, सबैमा जोश चढदै थियो, हामीलाई पनि हल्का ककटेल र नया मित्रताको कौतुलता, उत्साह र उमंग चढदै थियो। यत्तिकैमा हामीलाई नाच्न अनुरोध आयो, हल्का ककटेल चढेको थियो त्यसमा पनि उनी प्रतिको चाहना तिब्र रुपमा झनै चढेको थियो। नाच्ने बाहनामा उनीलाई स्पर्स गर्ने मौका जुर्यो,उनको हात, कम्मर लगाएतका अंगहरुमा स्पर्श गर्ने मौका मिल्यो, धड्कनको रफ्तार झन तिब्र गतिमा बढ्यो, नाच्दा नाच्दै उनको शरीर तातो र गाला रातो भैसकेका थिए। मलाई ककटेल भन्दा पनि उनको नशा चढेको थियो, उनिलाई टाईट हग गर्न चाहन्थे, उनको रातो स्याउ जस्तो गाला टोक्न नपाए पनि हल्का चुप्प मात्रै भने पनि खान आतुर थिए , तर पहिलो भेटमै त यी सबै मैले कल्पना गरेका कुराहरु सम्भब थिएन। त्यसैले हात समाएर नाचेर र उनलाई आखैले आई लाईक यु श्रष्टी, आई वान्ट यु भनेर चित्त बुझाउनु परेको थियो।

रात छिप्पिदै गईरहेको थियो, छोटै समय भए पनि मेरो उनि प्रतिको झुकाब र चाहना पनी हुर्किदै गईरहेको थियो। उनी यति प्यारी लाग्न थालि सकेकी थिईन की च्याप्प समातेर छातीभित्र राखु राखु जस्तो लागी सकेको थियो।छाति भित्र राख्न नमिले पनि छातीमै टाँसिरहनु जस्तो लागेको थियो, तर पहिलो भेटमै ति सबै कुराहरु सम्भब थिएन। जति नाच गान र रमाईलो गर्नु त्यही दिन गरियो , छुट्टिन मन नहुदा नहुदै पनि भारी मनले छुट्टिनु पर्यो, हामी सबै आआफ्नो घर गयौ। भोली पल्ट उनी धनगढी गईछन, म पनि हप्तादिनको लागी नेपाल गएको थिए । हप्तादिन कसरी बित्यो पत्तै पाईन, शृष्टीलाई नभेटीकन फर्किनु पर्दा एकदम खल्लो लाग्यो । तर उनी सॅगको त्यो भेट अविस्मरणीय रहयो। आफुले चाहेको र सोचेको कुरा सधै पुरा हुने भए सायद डिप्रेसन भन्ने रोगको उत्पन्नै हुन्थेन होला।

उनको पढाई चालू थियो, उनी मास्टर पढदै थिईन, म आफ्नै दुनियामा ब्यस्त थिए। तर उनको याद खुब आउथ्यो, हामी कहिले काहि मात्र कुरा गर्थ्यौ, तर जब जब कुरा गर्थ्यौ सार्है खुशी हुन्थ्यौ। उनको जन्मदिनमा मैले बिदेशबाटै नेपालको अनलाईन सपिङबाट फुलको बुके,टेडी बियर र चकलेट पठाईएर दिएको सरप्राईज नत उनले भुल्न सक्ने छिन न त मैले नै। अझ त्यो अनलाईनले केही पैसा थपि दिदा सामन दिएको र लिएको उनको तस्वीर समेत पठाई दिएको थियो।त्यो तस्वीर देखेर म कैयौ दिन सम्म फुरुङ्ग थिए ।

म फेरी नेपाल आउने मौका जुर्यो, तर म यसपाली नेपाल आउदा उनलाई काठमाडौमा भेट्ने साईत जुरेन। उनी आफ्नो पढाई सकेर धनगढी फर्कि सकेकी थिईन, घरमा एक्ली छोरी , दाजु भाई नहुदा घर ब्यबहारको केही हदसमम्म जिम्मेवाकी उनको काधमा पनी थियो, त्यसैले उनी पुर्खेउली घर फर्केकी थिईन। उनी गाउकै स्कुलमा पढाउने काम गर्थिन। मैले मेसेज पठाए, के छ खबर? सन्चै छौ? मेरो रिप्लाई आएन तर सिधै फोन आयो, उनको फोनको घन्टी बज्दा जिउ नै थररर काप्न थाल्यो, गाला त्यसै रातो हुन थाल्यो, फोन उठाए दश मिनेट जति कुरा भयो, समय मिलाएर यसपाली जसरी पनि भेटेन प्रण गर्यौ।

म चितवनमा थिए उनी धनगढी। कहा भेटने भनेर सल्लाह गर्दै गर्दा मैले चितवन सौराह घुम्न निम्तो दिए , हात्ति चढने, क्यानोईङ गर्ने, सुन्दर चराहरु हेर्ने, संसारकै दुर्लभ एकसिंगे गैडा हेर्ने र चितवनको फेमस तास ख्वाउने लोभ देखाए, उनी भोली पल्ट हवाई यात्राबाट धनगढी बाट काठमाडौ र काठमाडौ बाट चितवन केही घन्टामै आई पुगिन। एयरपोर्टमा म फुल लिएर उनको स्वागतमा उभिएको थिए। कालो चश्मा लाएकी, निलो जिन्स र सेतो टिसर्टमा डिम्पल गाला तन्काउदै हास्दै म तिर आई पुगिन, उनलाई फुल दिए र पहिलो भेटमा गर्न नसेकेको टाईट हग यसपाली आफ्नै गृह जिल्लामा दिए, पुरा शरिरमा करेन्ट लागे जस्तो भयो।

त्यहा बाट हामी सौराह हुईकियौ, त्यहाको नामचलेको होटलमा हाम्रो बुकिङ थियो। भोकाएर आएकी उनीलाई खाजा ख्वाएर आराम गर्न भने। उनी जहाजमा आएको भएर आफु नथाकेको सुनाईन, त्यसपछि हामी बसेर यसै गफिन थाल्यौ। उनी भर्खर नुहाएर निस्किएकी थिईन, उनको सेम्पुको र बडी लोशनको बास्नाले मलाई उनी तिरै तानिरहेको थियो, बिस्तारी हात समाते, उनी केही नर्भस भईन, घोप्टो मुन्टो लाएर केही बोलीनन, उनी पनि चुप म पनि चुप,,बन्द कोठा, हामी दुई जना मात्रै, शरिरमा काडा उम्रिएको थियो, दुबैको सास फुल्दै गईरहेको थियो, केही बेर एक अर्कालाई अंगालो हालेरै बस्यौ, एकछिन पछि गालामा माया गरे, उनी झन लजाईन, पछि ओठमा माया गर्दा मलाई धकलेर पर पुर्याईन र भनिन, भुखा शेर, यै गर्नलाई मलाई यहा बोलाको? हात्ती र गैडा हेर्न बोलाको हैन भन्न थालिन, म मुसुमुसु हास्न बाहेक केही गर्न सकिन, हात्ती चढने त भोली बिहान मात्रै हो नी बेबी भनेर सम्झाए, भर्खर नुहाएर आएकी, उनी नुहाउन जादा मैले पहिल्यै एसी १६ डिग्रीमा सेट गरेको थिए र कोठा चिसो बनाएको थिए । त्यसैले अहिले उनलाई जाडो लागेछ र सिरक भित्र घुस्रिईन, उनलाई जाडो लागेसी मलाई जाडो नलाग्ने कुरै भएन, म पनि घुस्रे र ग्वार्लङम अंगालो हाले,अनी उनी आपुई के गरेको यस्तो भनेर कराईन, जानु उता अर्को खाटमा भनेर धकेल्दै थिईन तर म टसको मस भईन,मायाको रापले म मात्रै होईन उनी पनि पग्लिदै थिईन। केही छिनमा हामी दुईबाट एक भयौ, लाजका पाना हरु च्यातेर छेउको डस्ट बिनमा फालि सकेका थियौ। उनी र म बाट अब हामी भैसकेका थियौ। हामी ४/५ बर्ष सम्मको मित्रतालाई हामीले एउटा नया आयाम र एउटा उचाई दिएका थियौ ।नदिको दुई किनारको मिलन भएको थियो।

एकछिन पछि फेरी फ्रेस भएर मैले उनलाई राप्ती खोलाको किनारमा क्यान्डल लाईट डिनरमा लगे, एक बोतल वाईन फोरियो, त्यो सॅाझ साच्चिकै रोमानेटीक थियो, मज्जा संग डिनर खाईयो, धेरै रमाईलो भयो, बिहान हात्ति चढने टिकट काटेर फेरी होटल तर्फ लागीयो। होटल आएसी “ १२ महिनामा १२ तरिकाले माया गर्छु भन्ने हिन्दि गीत सायद हाम्रै लागी बनेको थियो जस्तो भान भयो। उनले जति जति समय म सॅग बिताउदै गईन, उति उती झन भाबुक हुदै गईन, सायद म उनीलाई मनपर्दै गएको हुनुपर्छ। तर म सिंगल थिईन यो कुरा उनीलाई पहिलो भेटमै थाहा थियो।

भोली पल्ट बिहान हामी हात्ती चढन गईयो, फर्किएर आएसी हामी खोलाको छेउमा एकछिड हिड्दै मिठा कल्पना र सपनाहरुको को कुराहरु गर्दै हिड्यौ, उन्ले मेरो पाखुरा यस्तरी च्याप्प समाएर हिडिन की भर्खर बिहे गरेको बेहुलीले आफ्नो श्रीमानको हात समाए जसरी, नारिएर हिडिन, मलाई पनी कस्तो मज्जा लाईरहेको थियो तर मान्छेहरुले हेर्दा लाज लाग्थ्यो। उनीलाई मनबाटै चाहेर पनि हाम्रो यो सम्बन्धलाई यो भन्दा अगाडी बढाउन सक्दैनथ्यौ। जति रमाईलो गरेर २४ घन्टा बिताईयो, त्यतिनै नरमाईलो संग उनलाई भरतपुर एयरपोर्टमा बिदाई गरे।उनि हेर्दै हेर्दा त्यहाबाट मात्रै होईन मेरो जीवनबाट उडेर जाने चिन्ता मलाई थियो। उनी उहि दिन धनगढी पुगीन र मलाई मेसेज गरिन।

“तिमी संग बिताएका हरेक पल मेरा निम्ति किम्ती छन, मैले २४ बर्षमा नपाएको खुशी तिमीले मलाई २४ घन्टामा दिएर मलाई आजीवन गुन लगाएका छौ। मैले सैराहमा तिमी सगं सुनौलो समय बिताए, त्यसको लागी तिमी धन्यबादको पात्र छौ। अ साच्ची मेरो बिहे हुदैछ, यो नै हाम्रो अन्तिम भेट थियो, तिमी राम्रो संग जिउनु, सधै खुशी रहनु, तिमीलाई ब्लक गर्दै छु, तिमी मेरो फेसबुकमा नरहे पनि ,भाईबरमा नरहे पनि सधै मेरो मनमा रहि रहने छौ। मलाई आत्मा देखी आशिर्बाद देउ है…..पाउनु मात्रै माया होईन….मलाई थाहा छ तिम्रो परिस्थिती र बाध्यता मैले बुझे झै मेरो पनि तिमीले बुझ्ने छौं….आईलभ यु….काले ….बाई टेक केयर…तिम्रो हुन नसकेकी शृष्टी……..

( यो एक पुर्ण रुपमा काल्पनिक घटना र कथा मात्रै हो, कसैको वास्तविक जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ)

नबिन बिक
एनआरएनए,केन्द्रिय सदस्य, चीन
हाल अमेरिका
Navin BK

प्रतिक्रिया