मंगलबार, साउन २४ २०७९
काठमाडौं १४:२५
वासिङटन डिसी 04:40

कर्णेल चापागाईं सैनिक प्रहरीकाे नियन्त्रणमा

इनेप्लिज २०७८ असार २४ गते ११:३१ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई अनुशासन र आचरण विपरीतको कसुरमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जंगी अड्डास्थित सैनिक प्रहरीको हिरासतमा राखेर छानबिन भइरहेको छ ।

सैन्य प्रवक्ता (सहायकरथी) सन्तोषबल्लभ पौडेलले कर्णेल चापागाईंमाथि छानविनको नतिजा छिट्टै आउने विश्वास व्यक्त गरेका छन् ।

कर्णेल चापागाईं सिंह दल गणबाट लेबनान गएका थिए । उनीमाथि शान्ति सेनामा हुँदा अनियमितता गरेको आरोप लागेको छ ।

प्रतिक्रिया